नुवाकोट : नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टारमा सञ्चालन भइरहेको चौथो नुवाकोट महोत्सवमा उपस्थित भएका महानायक राजेश हमाललाई देखेर नुवाकोटवासी मख्ख परेका छन् । महोत्सवमा आजको मुख्य आकर्षण बनेको महानायक हमाल, हाँस्यकलाकार मनोज गजुरेल र चर्चित लोक गायिका सुनिता दुलाललगायतको उपस्थितिलेउ दर्शकहरुलाई खुसी बनाएको थियो ।
महानायक हमालले स्टेजमा उभिएर यसअघि नुवाकोट आउँदाको संस्मरण गरेका थिए भने उनले आफूलाई चलचित्रको दुनियाँमा दर्शकले यति माया गरिरहेकोप्रति आभार प्रकट गरेका थिए । दर्शक भने उनलाई देखेर दंग थिए ।
त्यस्तै गायिक सुनिता दुलालले गीत खाएर दर्शकलाई नचाएकी थिइन् । दुलालको गीतमा महानायक स्टेजमा नाच्न थालेपछि स्टेजमुनि दर्शकहरु नाचेर माहोल नै रंगीन बनाएका थिए ।
त्यस्तै चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । समसामयिक विषयमा व्यङ्ग्य गर्दै उनले राष्ट्रियताको पक्षमा आफ्नो प्रस्तुती राखे ।
नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टार बजारमा भइरहेको चौथो नुवाकोट महोत्सवको आठौं दिनमा अमृता लुङ्गेली मगर, भिमसेन खतिवडाको लोक गीत तथा दोहोरी गीत सरिता प्रजापतीको आधुनिक गीतले पनि दर्शक उचालिएका थिए ।