शुक्रबार, बैशाख ०७, २०८१

जनसम्पर्क समिति जापानको विवाद यसरी समधान गरौं

राम सिम्खडा ,
टोकियो,२२ माघ । जापान नेपाली कांग्रेसको भातृ संगठन नेपाली जन-सम्पर्क समिती जापानको झन्डै ६ महिना अगाडिदेखि छैठौँ अधिबेशनको पुर्बाधमा नेपाली काग्रेंसको क्रियाशिल सदस्य स्थानान्तरणको विषयमा नेपालमा नेपाली काग्रेंसको क्रियाशिल रहेको ब्यक्ति सम्बन्धित जिल्लाका पार्टि सभापतिको सिफारिसमा स्थानान्तरण हुन सक्ने र नेपाली जनसम्पर्क समिती जापानमा सिधैँ मतदाता बन्न पाउने बिधान जनसम्पर्क समिती जापानमा रहेको छ । यस बिषयलाई लिएर छैटौ अधिबेशनको मुखमा आएर बिबाद उत्कर्षमा पुगेपछि मैदानमा टिम नै बनाएर उत्रेका डिपी कडेँल र रोसन केसि मध्ये , रोसन केसि पक्ष चुनाबको सुन्य समयमा आएर चुनाबमा भाग नलिने भनि बिज्ञप्ति निकाल्दै चुनाबबाट भाग्दै निर्बाचन बिथोल्यो भने अर्को पक्ष जुन नेपालबाट क्रियाशिल सदस्य स्थानान्तरण सहित आफु जित नजिक रहेको र प्रतिपर्धीले सो डर ले मतदाता स्थानान्तरणको बखेडा मात्र निकालेकोले निर्बाचन को सुन्य समयमा प्रक्रियाबाट भाग्न नमिल्ने भन्दै निर्बाचन कमिटीलाई दबाब दियो र निर्बाचन कमिटिले रातको ३ बजे निर्बाचन तालिकानुसार नै निर्बाचन प्रक्रिया अगाडि त बढायो तर रोसन केसि समुह बिज्ञप्ती निकाल्दै निर्बाचनमा भाग नलिने र आफु सम्बन्धित सबैलाई निर्बाचनमा भागनलिन आग्रह गर्यो ।

जसमध्ये रोसन केसि बर्चस्व रहेको केन्द्रमा निर्बाचन हुन सकेन् उनिहरू निर्बाचन समितीका प्रतिनिधीहरूलाई डर र धम्कि सहित मतपेटिका तोडफोड र मतपत्र च्यातेँर ठुलैँ युद्ध जितेर मनाए जस्तो गरी फोटा खिचेर देखाईदिए टोकियो लगायत सभापतिको अर्का प्रत्यासि डिपी कडेल समुहको बर्चस्व देखिएको स्थानमा रोसन केसि समुहको प्रतिनिधी नै नबसि एकपक्षिय मतदान भयो जापानमा रहेका ९ ओटा केन्द्र मध्ये ४ बटा केन्द्रमा मात्र मतदान सम्पन्न त्यो पनि एकपक्षिय निर्बाचन लगत्तै निर्बाचन कमिटीले आफ्नो कारबाहि पुरा नगर्दै निर्बाचन कमिटीका सयोंजक महेश श्रेष्ठले राजिनामा दिई सबै प्रक्रिया भंग गरे तर त्यो राजिनामालाई लत्याऊदै निर्बाचन कमिटिको सदस्य बिनोद खनालको उपस्थितीमा चुनाब परिणाम घोषणा गर्दै डिपी कडेल समुहले ८०५ भोट खसिसकेकोले आफूँ बिजयी मान्दै आफुँलाई नै आधिकारिक भन्दै स्वघोषित कार्यसमिती भन्दै निर्बाचन कमिटीका सदस्यबाट सपथ खादैँ जापानमा रहेका जुनसुकै सस्थांमा आफुँ नै आधिकारिक भन्दै प्रतिनिधित्व गर्न थाल्यो भने , पाचौँ अधिबेशनबाट सभापति बनेका तत्कालिन सभापति नारायण सुबेदी चाहिँ छैठौँ अधिबेशन सम्पन्न नै नभएकोले आफूँ नै सभापति रहेको दाबि गर्दै हिडिँरहे ।

IMG_8583यो बिबाद यति चरम ऊत्कर्षमा पुग्यो कि जापानमा हुने कुनै पनि सस्थांका कार्यक्रममा प्रतिनिधी बोलाउन आयोजकलाई पनि हम्मेँहम्मेँ भयो भने , प्रतिनिधी जाने जनसम्पर्कको टिममा पनि कार्यक्रम सुरू हुनुभन्दा १ घण्टा पहिल्यै पुग्ने होड नै चल्यो र सामाजिक सन्जालबाट नेपाली जनसम्पर्क समिती जापान दुई समूह छ यो ब्यक्ति यो समूहको हो सजिलै आकलन गर्न सक्ने स्थिती रह्यो । यति नै समयमा नारायण सुबेदी जो पाचौँ अधिबेशनबाट आधिकारिक सभापति बनेका थिए र छैठौँ अधिबेशनमा रोसन केसिका प्रस्ताबक पनि थिए यिनीहरू पनि गोप्य भेला बसि आफुँबाट छुट्टिएर निर्बाचन प्रकियामा गएका महामन्त्री सहितका रिक्त पद पुर्ति गर्दै अर्को समुह खडा गरे भने डिपी कडेँल समुह को निर्बाचनमा गएको टिम र बाहिर रहेका जनसम्पर्कका शुभचिन्तकहरू कुनैँ टिमका समर्थक रहेतापनि पनि रमिते बनिरहे र फेसबुकमा कमसेकम २ महिना जुहारी चलाईरहे , कार्यकर्ता तहमा जुहारी मच्चिरहेको नै समय यिनीहरू मिल्ने बहानामा जापानका भट्टि केन्द्रहरूमा यिनीहरू भेट बाक्लो हुन लाग्यो एकपक्ष आफुँ निर्बाचनमा गए जितीने रटानमा थियो त्यो पक्ष निर्बाचनको लागि प्रेसर गरिरह्यो भने अर्को प्रकियाबाट भाग्ने समुह अझैँ निर्बाचन गएपनि आफुँ हारिने डरले बरू आधाँ आधाँ कार्यकाल बाड्न पाए वा नारायण सुबेदीको कार्यकाल बढाऊनको ध्याऊनमा रहिरहे र अन्त्यमा जापान सरकारको बिशेष निमन्त्रणामा जापान आउन लागेका नेपाली काग्रेंसका बरिष्ठ नेता रामचन्द्र पौडेलको जापान आऊने दिन नजिकिदैँ जादाँ कार्यकर्ताको सहमतिको दबाब आऊन थालेपछि रामचन्द्र पौडेलको टोकियो आगमन पश्चात १र१ बर्ष सभापति बन्ने सहमति भएपनि पहिलाको बन्ने भन्ने बिषयमा कुरा नमिलेपछि रामचन्न्द्र पौडेलको ऊपस्थितीमा ९ जो आफुँ लोकतन्त्र को पाठ सिकाऊने भन्दै हार्ने निश्चित रहदाँरहदै १७ पटक प्रधानमन्त्री , पार्टि सभापति र ससंदिय दलको नेता को निर्वाचनमा होमिएका थिए, गोलाप्रथाबाट आलोपालो गर्ने अलोकतान्त्रिक प्रक्रिया अगाडि सारे जसअनुसार भाग्य बलियो बनेका डिपी कडेलले नै पहिलो १ बर्ष सभापतिको नाम लेखाऊने पक्का भयो ।

रामचन्द्र पौडेलले पहिलो चिठ्ठा परेका सभापतिलाई सपथ खुवाएर नेपाल फर्के र १ महिनाको अन्तराल पछि जनवरी २१ तारिखका दिन नेपाली काग्रेंसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेको प्रतिनिधित्वमा दुवै समुह ९ केसि समुह र कडेँल समुहबाट ३५/३५ गरी ७० जना जसमा ९रोसन केसि जो दोस्रो बर्षका सभापति रहनेछन उनि बाहेँक ० १० जना उपसभापति , २ महामन्त्री २ कोषाध्यक्ष ६ सहमहामन्त्री र बाकिँ सदस्य सहितलाई सुरेन्द्र पाण्डेले नयाँ कार्यसमिती भन्दै खादा ओडाएका थिए । यो गलत प्रक्रियालाई नरूचाहिँएका युवाहरूले नेता सुरेन्द्र पाण्डेले प्रश्न गर्दा केहि बोल्न नचाहेका नेताबाट झन रूष्ट बन्दै सच्चा काग्रेंसमा आस्थावान र लोकतन्त्र पक्षधर युवाहरूको जनवरी २९ तारिख टोकियो को बारकाडेँ  रेस्टुरेन्टमा उपस्थित भेलाबाट महाधिबेशन प्रतिनिधी सुवास लोहनिकोको संयोजकत्वमा बैधानिक गर्न भन्दै निर्बाचनको लागि तदर्थ समिती गठन गर्दै यथासक्य छिटो स्वच्छ निश्पक्ष निर्वाचन गर्नुपर्ने यो अलोकतान्त्रिक प्रकिया मान्न नसकिने भन्दै सक्रिय रूपमा लागिरहेका छन् भने अर्को तिर बिपी चिन्तन तथा गणेशमान फाऊन्डेसनको नाम दिदैँ बर्तमान कार्यसमितीलाई आधिकारिक निम्ता सम्म नदिई भुतपूर्ब सभापति बलराम श्रेष्ठको संयोजकत्व र निबर्तमान सभापति नारायण सुबेदी १ बर्षपछि सभापति बन्ने ९ छैठौँ अधिबेशनका सभापतिका प्रत्याशि रोसन केसी ० सहित उनिहरूको गुटका केहि सदस्य सहित उतातिर छन् ।

यो देख्दा सहजै अनुमान गर्न सकिन्छ उनिहरू अहिलेको कार्यसमितीलाई देखावटि समर्थन भए पनि भित्री समर्थन छैन् । यो बिकसित घटनाक्रम हेर्दा जनसम्पर्क समितीलाई साच्चिकै मजबुत बनाउनको लागि गुट, उपगुट चिर्नको लागि सुवास लोहनीको निर्वाचन तदर्थ समितीलाई सहयोग गरी निर्वाचन गराई कार्यभार हस्तान्तरण गर्नु काग्रेंस शुभचिन्तक आमकार्यकर्ताको माग र दायित्व पनि हो । कहिलेसम्म् हाम्रो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा अलोकतान्त्रिक अस्वस्छ प्रतिष्पर्धामा गुज्रिरहने त्यसैले अव लोकतान्त्रिक पद्धतिवाट आधिकारिक निर्वाचन गराई सबैको सहमतिमा सबैको जन-सम्पर्क समिति बनाऔँ त्यसैमा सबैको भलो हुनेछ ।  जय नेपाल ।

लेखक : नेपाली जनसम्पर्क समिति समर्थित हुन ।