शनिबार, बैशाख २२, २०८१

जापानबाट संकलित २ लाख २५ हजार सहयोग ब्लड क्यान्सर पिडितलाई हस्तान्तरण

बागलुङ । ब्लड क्यान्सरबाट पिडित बागलूङ नगरपालिका वार्ड १३ की गंगा देवि सुबेदी रिजाललाई सहयोग हस्तान्तरण गरिएको छ । बलेवा सेवा समाज जापानले संकलन गरेको २ लाख २५ हजार २५ रुपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बानपा १३, का वार्ड अध्यक्ष नारायण शर्मा पौडेल र बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले संयुक्तरुपमा पिडितका देवर बिनोद रिजाललाई हस्तान्तरण गर्नुभएको हो ।
पैयुपाटा ७,काभ्रेडाडॉ निवासी २५ वर्षकि गंगा देवी सूबेदी रिजाल लाई बिगत केहि समय अघि देखी ब्लड क्यान्सर को समस्या भई शिक्षण अस्पताल महाराजगंज काठमाण्डूमा उपचार गराई रहनु भएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण शर्माले समाजले गरेको आर्थिक सहयोगले पिडितको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बिदेशमा रहेर विभिन्न क्षेत्रमा सहयोग गर्दै समाज विकासमा बलेवा सेवा समाजले अमुल्य योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले विषम समयमा पनि समाजले सञ्चालन गरेको अभियानमा सहयोग गर्नेलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रम गणेश मन्दिर ब्यबस्थापन समिति का अध्यक्ष नर प्रसाद शर्माको अध्यक्षता र लीलाधर रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।