जापान,२० माघ । बाँके बर्दिया मैत्री समाज जापानको आयोजना र नेपाली राजदुतावास जापान र गैर आबशिय नेपाली संघ ,जापानको बिशेष सहयोगमा बिभिन्न क्षेत्रका बिषय बिज्ञहरुका साथ यहि फेब्रुवरी ५ तारिख आइतबार हुने बृहत् अन्तरक्रियाको तयारी सकिएको छ |
जापानको टोकियोमा हुने बृहत् अन्तर्कृय कार्यक्रममा गल्कोट समाज ,जापान , बलेवा समाज जापान , दर्शन समाज, वि फर अल जापान , नेपाल जापान युथ क्लब , धादिंग समाज जापान , पर्बत समाज जापान , रुपन्देही समाज जापान , चितवन समाज जापान , अर्घाखाची समाज जापान , कास्की पोखरा समाज , गोर्खा समाज जापान , नेसाज, नेपाल जापान बिधार्थी समाज, गुल्मेली समाज , थकाली सेवा समाज , रामेछाप समाज , शेर्पा संघ , नेपाली साझा समाज , पुर्बी नेपाल बिकाश सहकार्य केन्द्र , युथ फर अल , बिहुकोट समाज , नेपाली इन जापान , सुदुर पश्चिम समाज , म नेपाली समूह , राप्ती समाज , स्याङजा समाज जापान , हामीले नगरे कसले गर्ने अभियान , पाल्पा सेवा समाज , नेपाल जापान आर्थिक संगठन लगाएत जापानका विभिन्न सस्थाको सहकार्य रहेको जनाएको छ ।
कार्यक्रममा प्रबाशमा नेपालीहरुका समस्या ,चुनौती र समाधान बिसयमा विभिन्न बिसयबस्तुका बिज्ञहरुको प्रस्तुति रहनेछ | कार्यक्रममा ओम गुरुङ, महेश श्रेष्ठ , अनुज थापा , जिज्ञान कुमार थापा , डा । होम बहादुर रिजाल , डा ।प्रकाश शाक्य , डा । सन्दीप शाक्य , डा ।विजय ज्ञवाली , अनिता गुरुङ , प्रदिप थापा लगायतका प्रमुख बक्ताहरुको प्रस्तुति हुने आयोजक संस्थाले जानकारी गरेको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकोले उपस्थिति भई अन्तरक्रियामा भाग लिन सम्पूर्ण जापानवासिलाई अपिल गरेको छ ।