शनिबार, बैशाख ०८, २०८१

माया गर्ने जोडीको रोजाईमा ‘येदेन ङाला चु माया’(भिडियोसहित)

काठमाडौं । तामाङ भाषाको नयाँ चलचित्र ‘तिङ्ला नाङ्सल’ को ‘येदेन ङाला चु माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रहेको प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ ।

गाएक शुभ तामाङ र गायीका जितु लोप्चनको स्वर रहेको गीतमा कृष्मा वाईबा,कृष्ण लामा, सुसन वाईबा,अनिता बोम्जन,अबिना गोले, बिनिता थिङ,तामाङ सोनु रुम्बा,कान्छामान वाईबा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

विश्वास भण्डारीले छायाँकन गरेको गीतको बज्र ङयासुरले सम्पादन गरेका छन् । । चर्चित निर्देशक निमा लामा तामाङको निर्देशन रकेको गीतमा लामाकै कोरियोग्राफी रहेको छ । चलचित्रको कथा तथा गीतका शब्दहरु नायक कृष्ण लामाले नै लेखेका हुन् । गीतमा निमा लामा तामाङ र गायक तथा संगीतकार शुभ तामाङले संगीत भरेका छन् ।