सीएस कर्पोरेशनद्वारा आयोजित फ़्री सेमिनार भव्य रुपमा सम्पन्न

टोकियो,१६ माघ । जापानमा सेनमोन गाक्को सकेको अथवा नेपालबाटै ब्यचलर् पास गरेर आउनुहुने विद्यार्थीहरुका लागी सीएस कर्पोरेशन जापानद्वारा आयोजित फ़्री सेमिनार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
आज जनवरी २९ तारिख आइतवार आयोजना गरेको सो सेमिनारले जापानमा शैक्षिक् योग्यता भएर पनि जागिर पाउन नसकेका विद्यार्थीहरुलाई लक्षितगरी सेमिनार आयोजना गरिएको जनाएके छ । नेपालबाट स्नातकतह सक्केर जापानको भाषा विद्यालय सक्केका विद्यार्थी र जापानमा सेनमोन गाक्को सकाउनु भएका विद्यार्थीका लागि सजिलै जागिर पाउन सहयोग हुने उद्धेश्यले आयोजना गरिएको थियो र सेमिनारमा जापानी सेन्सेइहरुबाट कामको खोजि कसरि गर्ने , कस्तो कम्पनीमा गर्ने , जापानी कम्पनीहरुको नियम जस्ता विविध विषयमा जानकारी दिएका थिए र सोचे अनरुप सेमिनारमा नेपाली विद्यार्थीमात्र नभइ श्रीलंकन , बङाली र ईण्डियन विद्यार्थीहरुको पनि सहभागिता रहेकोले सेमिनार सफल भएको जानकारी सेमिनारका संयोजक सीजेन तामांगले बताउनु भयो ।
टोक्योको उएनोमा आयोजना गरिएको सेमिनार दिउसो २ बजेदेखि ५ बजेसम्म ३ घण्टा संचालन भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: