सन्दर्भ: विभूषण अलन्कार

ओम गुरुङ । गत शुक्रबार मात्र ठुलो समारोहका बीच विभिन्न क्षेत्रमा बिभिन्न श्रेणीमा महत्वपूर्ण योगदान पुर्याउने ६३३ जनालाइ राष्ट्रपति विद्यादेवी भण्डारीलेज्युको बहुलीबाट बिभिन्न विभूषण अलन्कारले सम्मान गरियो र आगामी बैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नेभएकी छिन ।

२०६२/६३ को आन्दोलनले शाहीशासनको अन्त्य पछि पनि शाहीशासनको यो प्रचलनलाई निरन्तर गर्दै २०६४ मा नियवली बनाइ अझ बृहद रुपमा विभिन्न शिर्षकमा बिभिन्न श्रेणी र विधामा सयौ-सयौको सख्यामा वितरण गरिदै आएको छ । यसरी सम्मान गर्ने प्रचलन नेपालमा नभई संसारको बिभिन्न मुलुकहरुमा पनि गर्ने गरिन्छ तर फरक यति मात्र हो कि बिशेष अवस्थामा अति सिमित विशिष्ट व्यक्तित्वहरुलाई मात्र सम्मान गर्ने गरिन्छ ।

नेपालमा यसरी योगदानको कदर स्वरुप वितरण गरिने मानपदवीहरु हरेक पटकको छनोटमा विबाद र त्रुटी रहित हुन् नसक्नु आफैमा अर्को दुखद पक्ष हो । कुनै असली हकदार सिफारिसमा पर्न नसकेर आफु भन्दा कनिस्टले सो तक्मा पाउँदा उसको मनमा के गुज्रिदो होला ? यदाकदा छूटफुटका घटना बाहेक आफन्त, नाता गोता, कार्यकर्ता र पहुँचमा भएकाहरूलाइ मात्र सीमित हुँदै आएको छ भन्दा फरक नपर्ला ?
यति मात्र होईन कहि कतै नाम नसुनिको देशको लागि कुनै सिन्को सम्म पनि नभाचेको राष्ट्रपतिकी आफ्नै छोरीलाई समेत तक्मा दिन सम्म भ्याएका छन् तर बर्षौ देखि लोडसेडिङ्ले अस्त व्यस्त बनाई रहेको नेपाललाइ लोडसेडिङ्मुक्त गराउने आम जनताका नायक कुलमान घिसिङ् कहिले त्यो लिस्टमा अट्न नै सकेन । बरु उल्टै पुरस्कार सवरूप जागिरबाट नै हात धुनु पर्यो । र आफन्तलाइ भर्ति गरियो । यी त केवल केहि उदाहरण मात्र हुन् ।

रोजगारीको सिलसिलामा संसार भरि छरिएर रहेका नेपालीहरुलाइ एकसूत्र बनाएर आफुले बिदेशमा आर्जन गरेको ज्ञान, सिप र पुजीलाइ भित्र्याएर देशको बिकासमा टेवा पुर्याउन पर्छ भन्ने मान्यताका सूत्रधारकर्ता श्रद्देय उपेन्द्र महतो देखि एनआरएनए संस्थाका नेतृत्वकर्ताहरु देवमान हिराचन, जिबा लामिछाने र भबन भट्टहरुको नाम खै ?

बिदेशमा सुरक्षित अवस्था हुँदा-हुँदै आफ्नो ब्यबसायी जोखिम मोलेर मातृभूमिमा अर्बौ लगानी गरेकाहरुको लेख जोखा खै ? अन्य अभियान्ताहरु लगाएत तथा प्रत्यक्ष अप्रत्यक्ष कुनै न कुनै किसिमले मुलुकको निर्माणमा टेवा पुरयाई रहेका कन्यौ ल्एनआरएहरुको मुल्यांकन खै ?
मुलुक निर्माणमा लगानी भित्राउने मात्र नभै बिभिन्न कालखण्डमा मुलुकमा भएको दैबी प्रकोप महाभूकम्पमा होस या बाढ़ी पहिरो किन नहोस नैतिकरुपमा, भौतिक रुपमा र आर्थिक रुपमा अथाह धनरासि सहयोग गर्ने र बिभिन्न विषम परिस्तिथिमा मुलुकका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिहरु किन र कहिले पनि सरकारको नजरमा पर्न सकेको खै ?

गत महाभुकम्पले ध्वस्त भएको लाप्राक बस्तिमा ५०० घर निमार्ण गर्ने शाहसी कामको थालनी गर्ने शेष घलेको नाम खै ? भर्खरै कोभिड १९ को सहयोगार्थ मात्र ३ करोड नगद लगेर बुझाउँदा पनि धन्यवाद सम्म पनि नपाइनु बिडम्बना नै होइन ?

अन्त्यमा, यो बिभूशण भन्ने चीज पनि जनै पुर्णिमा बाजेले लगाइ दिने घागो भन्दा नि सस्तो भो ! यस्तो नगराइयोस ! यसो भनि रहदा प्राप्त गर्नेहरु प्रति अबमुल्यन गर्न खोजेको होइन ! प्राप्त गर्नु हुने महानुभावहरु प्रति मेरो सम्मान छ । राम्रो काम गर्नेलाइ सम्मान गरिनु पर्दछ ।
यो आफैमा राम्रो हो तर यस संग सम्बन्धित निकायहरुले यसलाई ब्यबस्थित गर्दै यसको गरिमालाइ उचो राख्ने तर्फ ध्यान जानु अति जरुरी छ ।
त्यसर्थ, कमसेकम पनि अब त हाम्रो सोच र प्रबृतिमा सुधार हुन पर्यो भन्ने हो !
धन्यवाद !
लेखक : गुरुङ जापान मनि एक्प्रेसका अध्यक्ष तथा एनआरएनए अभियान्ता हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: