शुक्रबार, असार ०१, २०८१

जापानमा एक जना नेपाली कुकले झुण्डिएर गरे आत्महत्या

टोकियो,१६ माघ । जापानको खानागावा केनको योकोहामा नजिक एक जना कुकले झुण्डिएर आत्महत्या गरेका छन ।
आइतवार बर्ष ३३ का संजय खत्रीले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको हो ।
अमरपुरी ८ नवलपरासीका खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेको हुन । १३ महिना अघि सुन्दर सपना बोकेर जापान आएका खत्रीले आत्महत्या के कारणले गरेको भने खुलेको छैन उनि केहि समयअघि देखी मानसिक तनावमा मर्छु भन्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
श्रीमती र ३ बर्षिय छोरा नेपाल घर रहेका खत्रीको भोली सोमवार नेपाल फर्कने टिकट रहेको थियो ।