शनिबार, असोज २६, २०८१

गजल

मरुभुमिमा ढल्या छु बतास होला अंगालोमा ।
तिम्रो त जून तारा आकाश होला अंगालोमा ।।

ति नजरले यसो हेर्दा साँच्चै पागल हुन्छु भन्या ।
झनै कस्तो होला हुँदा कोही खास होला अंगालोमा ।

मरेका लाश पनि बचायौ कति कति
भन के के छ अरु स्वास होला अंगालोमा ।

भमरा झैं जाली बनि फूल चुम्दै हिंडे पछि
हजारौंलाई तिमी सँग बेरिने आस होला अंगालोमा ।

तिम्रो आँखा तिम्रो मुहार पढे पछि यस्तै लाग्छ ।
पिरतीका अतृप्त प्यास होला अंगालोमा ।

कल्पना आचार्य ओली
दमक झापा ।