सोमबार, चैत ०३, २०८१

टुँडीखेलमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न ( भिडियो )

काठमाडौं,१५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंको टुँडीखेलमा आयोजित तामाङहरुको सोनाम ल्होछार भव्य रूपमा सम्पन्न भएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होछारको शुभकामना दिदै सोनाम ल्होछार मनाउन सरकारले दिने सहयोग दोब्बर वनाउने घोषणा गर्नु भयो । साथै तामाङ समुदायको सांस्कृतिक भवन बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिनु भएको छ । प्रधानमन्त्रीको कोषबाट रकम दिन नमिल्ने भएकाले मन्त्रिपरिषद्द्वारा विशेष निर्णय गरेर अपेक्षा गरेभन्दा बढी रकम दिने उनले दाबी गर्नु भयो ।

IMG_8570 IMG_8569 IMG_8572

https://youtu.be/-p13uFc66h0