जापानको कोईवामा हिमालयन इन्टरनेशनल एकेडेमी नामको नयाँ स्कुल संचालन

टोकियो । जापानमा रहेका नेपालीद्धारा राजधानी टोकियो र चिवाको बीच कोईवा रेल स्टेशन नजिकै हिमालयन इन्टरनेशनल एकेडेमी नामको नयाँ स्कुल संचालनमा आएको छ ।
जापानमा दोस्रो नेपालीको लगानीमा संचालनमा उक्त स्कुल यही अप्रिल १ देखि टोकियो र चिवाको बीचमा पर्ने कोईवा नजिकै खुलेको हो ।

जापान सरकार र नेपाल सरकारद्धारा मान्यता प्राप्त सो स्कुलमा विद्यार्थीको लागि यातायातको समेत व्यवस्था गरेको छ । शैक्षिक उन्नतिको लागि मात्र नभई विद्यार्थीको रुचि अनुसार अतिरिक्त क्रियाकलापसमेत संलग्न हिमालय एकेडेमीमा नर्सरी देखि कक्षा ४ सम्मको लागि भर्ना समेत खोलिएको विद्यालय संचालक समितिले बताएको छ ।

दक्ष नेपाली तथा विदेशी शिक्षकहरुद्धारा अध्यायपन गराइने हिमालयन इन्टरनेशनल एकेडेमीमा नेपाली,अंग्रजी र जापानी भाषाबाट अध्यायपन गराईने जनाएको छ ।
उक्त स्कुलले हरेक वर्ष कक्षा थप्दै जाने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया