नेपाल फर्कन लाग्नु भएका थापालाई एनबिए जापानको बिदाई कार्यक्रम सम्पन्न

टोकियो । नेपाल ब्यवसायी संघ(एनबिए) जापानको आयोजनामा नेपाल फर्कन लाग्नु भएका बेलू काजी थापालाई बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
जापानको गोताण्दाको माया रेष्टेरेण्टमा शनिबार रात्रिभोजसहित थापालाई विदाई गरेको हो ।
थापा सन २०९९ मा जापान प्रवेश गरि २२ बर्ष जापान बसाई छोट्याएर देश फर्कने लाग्नु भएको थियो । जापान आए लगतै नेपाली समाजहरु गणतान्त्रिक मोर्चा, जनप्रगतिशिल मोर्चा, जनप्रतिशिल मंच,अनेसास जापान,एनआरएन्ए जापान, गलकोट समाज जापान,नेपाल पत्रकार महासंघ जापान, अन्तर्राष्ट्रिय नेपाली समाज जापान,बागलुङ समाज जापान ,घुम्टे युवा परिवार जापान,प्रवासी नेपाली एकता मंच,गलकोट समाज अन्तर्राष्ट्रिय समिती, बागलुङ समाज अन्तर्राष्ट्रिय समिती, अनेसास केन्द्र, एनआरएनए भाषा साहित्य समिती केन्द्र र एशिया प्यासेफिक लगायतमा जोडीएर काम गरेको जानकारी दिनुभयो ।

साहित्यकार,पत्रकार थापालाई नेपाली व्यावसायी संघ,नेपाल पत्रकार महासंघ जापान लगाएत संस्थाहरुले विदाई कार्यक्रम गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया