यति सुन्दर संसारमा पनि किन रून्छ मान्छे ?

गजल,
यति सुन्दर संसारमा पनि किन रून्छ मान्छे ?
अरूको उत्सव देखेर दुखी किन हुन्छ मान्छे ?

मलाई अनेक प्रश्नहरूको वादलले लखेट्छ !
आवेगमा घमण्डको जालो किन बुन्छ मान्छे ?

कहाँ विलय भो आफ्नै हृदयको मिठो धुन !
वैरागीएर विरहको धुन किन सुन्छ मान्छे ?

सम्झ त प्रिय! जिन्दगी माटोमै बिल्ने न हो,
वाचुन्जेल लोभको माला किन उन्छ मान्छे ?
सयपत्री थुलुङ

फेसबुकबाट तपाइको प्रतिक्रिया