शुक्रबार, बैशाख ०७, २०८१

जापान सरकारले अर्को हप्ताबाट कोरोनाभाइरसको खोप सुरु गर्ने

टोकियो । जापान सरकारले अर्को हप्ताबाट कोरोनाभाइरसको खोप सुरु गर्ने भएको छ । जापानका प्रधानमन्त्री योशीहिदे सुगाले बुधबार भने,यो कोभिड १९ को खोप उपयुक्त सिरिन्ज सुरक्षित हुने बताउनु भएको छ ।

जापानले १२ करोड ६० लाख जनसंख्याको लागि पर्याप्त खोप खरीद गर्न तीन प्रमुख औषधि कम्पनीहरूसँग सम्झौता गरेको जनाएको छ ।

जापानमा कोरोनाको महामारीले स्थगित टोक्यो ओलम्पिक सुरु हुनुभन्दा ६ महिनाभन्दा कम समयको लागि विस्तृत रोल आउट योजना घोषणा गरेको छैन ।

फाइजर बायोटेक भ्याक्सिन जापानमा आगामी दिनमा प्रयोगको लागि स्वीकृत गरिएको पहिलो हुन सक्ने सम्भावना छ । जापानको स्वास्थ्य अधिकारीहरूले आवश्यक पर्ने घरेलु क्लिनिकल परीक्षणहरूको पछि खोपको प्रभावकारिता र सुरक्षा पुष्टि गर्यौं, हामी अर्को हप्ताको बीचमा खोप सुरु गर्नेछौं, प्रधानमन्त्री सुगाले भने ।

जापानका स्वास्थ्यमन्त्री नोरिहिसा तामुराका सुरुमा हामी ६ डोज वटा लिन सक्ने सिरिन्जहरू प्रयोग गर्ने तर धेरैलाई खोप लगाउने क्रममा यो अभाव हुन सक्ने र सिरिन्ज सुरक्षित गर्न कडा मेहनत गरिरहेका छौं उपकरण निर्माणकर्तालाई उत्पादन बढाउन आग्रह गरिरहेका बताएक छन् ।
जापानमा पहिलो चरणमा करिब १० हजार चिकित्साकर्मीहरूलाई खोप लगाउने र अप्रिलदेखि वृद्धहरूमा लगाउने आशा राखेका छन् ।

जापान मेडिकल एसोसिएशनका प्रमुख तोशियो नाकागावाले भने खोप अभियानको बारेमा जानकारीको अभावले चिकित्साकर्मीहरूबीच अन्यौल भइरहेको जनाएका छन् ।

जापानमा हालसम्म ४ लाख ११ हजार ४६ जना कोरोना संक्रमित भएका छन् भने ६ हजार ७३५ जनाको मृत्यु भएका छन् ।