ध्रुव मग्रातीको ‘कस्तो होला यो रंगिन संसार’ (भिडियोसहित)

सबिना श्रेष्ठ । कला र गलाको सम्मान गीत संगीतको जगेर्ना गर्ने हाम्रो अभियान मूल मन्त्रका साथ सन्जालको दुनियाँमा स्मुल र लाईन एप्सले संगीत क्षेत्रमा ठुलै योगदान पुर्याएको छ।

देश तथा विदेशका जुनसुकै ठाउँ र जस्तोसुकै परिस्थितिमा पनि ईन्टरनेटको पहुँचमा हुनेहरुले सजिलै आफ्नो आवाजलाई धेरै माझ अप्रत्यक्ष रुप मै भएपनि सुनाउन सक्ने एक सरल र सहज प्लाट्फर्मको रुपमा लिन सकिन्छ।धेरैको आवाजलाई चिनाउन सफल लाईन क्षेत्रमा एक फरक धारका रुपमा शब्द सर्जक ध्रुव मग्राती भेट्टिएका छन्।

फरक यसकारण कि सबैको चाह गीत संगीत कै उजागर गर्ने हो तर उहाँले गीत संगीतका माध्यमबाट सामाजिक कार्यमा टेवा पुर्याइरहनु भएको छ । ध्रुवले रचेका शब्दहरुले धेरैको जिवनको वास्तविकतालाई साभार गर्दछ।

उहाँले केही पात्रहरूलाई लक्ष्यित गरि उहाँहरुकै जीवन संग मेल खाने गितको रचना गर्नु भएता पनि उहाँको रचनाले धेरको यथार्थ लाई चित्रण गर्दछ।उहाँ चाहानुहुन्छ गीत,संगीत,आवाज संग संगै कसैको जीवनस्तर नै उकासियोस।चर्चा र परिचर्चाका लागि मात्र हैन हामिले निस्वार्थ रुपले काम गर्न सक्नु नै मानवीयता हो।स्मुलमा धेरैको आवाज सुन्न सकिन्छ त्यही आवाज मध्यपनि अशक्त अपाङ्गतालाई बिशेष प्राथमिकतामा राखि आफै शब्द सिर्जना गरि स्टुडियो सम्म पुर्याई दुई आवाज लाई चिनाउन सफल भैसक्नुभएको छ।

शारीरिक रुपमा अशक्त भएपनी सुरिलो आवाजले धेरैको मन जित्न सक्ने क्षमता र प्रतिभावान भएको हुँदा आफू बाटो देखाउने माध्यम मात्र बनिदिएको,र अझै पनि यस्ता आवाज भएर पनि बाहिर प्रस्तुत हुन नसकेका नवप्रतिभावान ब्यक्तिको खोजी र आफ्नो साथ रहिरहने ध्रुव जि बताउनु हुन्छ।ध्रुव लाईन दुनियाँ कै एउटा संगीत समुह Star Smule Music Player(SSMP) मा आबद्ध हुनुहुन्छ।

केही महिना अघि नव गायक बाबू राईको आवाजमा बाबू जि कै वास्तविकतामा आधारित रहेको कस्तो भाग्य गीतको अपार सफलता पछि फेरि पनि SSMP समुहमा आबद्ध बिजेता महतो चेलिको यथार्थ लाई समेट्दै आधुनिक सेन्टिमेन्टलूकस्तो होला यो रंगिन संसार ”गीत केही दिन अघि अन्लाईन कै माध्यम द्वारा बिमोचन गरि सार्वजनिक गरिएको छ।कृष्ण कुमार राईको संगितमा,एरेन्ज राजु कार्कीको रहेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया