बिहिबार, बैशाख ०६, २०८१

नेपालमा थप ३१८ मा कोरोना पुष्टि,३८३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८३१० पुगेको छ ।

त्यस्तै बुधबार थप ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२६४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ । क्वारेन्टाइनमा १७२ जना छन् भने आइसोलेसनमा ३६९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।