बुधबार, बैशाख १२, २०८१

एकल नृत्य भिडियो प्रतियोगिताको नतिजा घोषणा सम्पन्न, पोखराकी सन्दिपा गुरुङ भईन प्रथम

टोकियो । तमु धीँ जापानद्वारा आयोजित “एकल नृत्य अनलाईन भिडियो प्रतियोगिता २०२०” को नतिजा घोषणा सम्पन्न गरेको छ ।
डिसेम्बर ३० तारिख साँझ टोकियोस्थित कामताको चौतारो रेष्टुरेन्टको हलबाट घोषणा गरेको नतिजाअनुसार पोखराकी सन्दिपा गुरुङ प्रथम, क्होल सोंथर लमजुङका हिरा बहादुर गुरुङ द्धितिय र पोखराकी कबिता गुरुङ तेस्रो हुन सफल भएका छन । त्यसैगरि उत्कृष्ट गुरुङ भेषभूषाको उपाधी दक्षिण कोरियाका पुरन गुरुङले जितेका छन् ।

गुरुङ भाषा,भेषभुषा,संस्कार संस्कृति र परम्पराको संरक्षण र संवर्द्धनको लागि गुरुङ समुदायको महान पर्व तमु ल्होसार २०२० को अवसरमा आयोजित एकल नृत्य भिडियो कन्टेस्ट २०२० मा २३ जनाको सहभागि रहको र प्रथम हुनेलाई ३० हजार येन , द्धितिय हुनेलाई २० हजार येन ,तेस्रो हुनेलाई  १० हजार येन र उत्कृष्ट गुरुङ भेषभूषाको उपाधीलाई पनि १० हजार येन पुरस्कार प्रदान गर्ने संस्थाका महासचिव चित्र गुरुङले जानकारी दिनुभयो ।
तमु ल्होसार २०२० को उपलक्ष्यमा तमु धीं जापानको २६औं ल्होसार यसवर्ष प्रतिकुल समयको वावजुत पनि भव्य र सभ्य तरिकाले सम्पन्न गरेको हो ।

डिसेम्बर १२ देखि २७ तारिखसम्म लिईएको भिडियो क्लिपहरुको २८ र २९ तारिख २ दिन ओमप्रकाश गुरुङ संयोजक रहेको निर्णयक मण्डलका ५ जना सदस्यहरुको निर्णयले प्रतिकुल अवस्थामा पनि जापानबाहिरबाट नृत्य भिडियोहरु पठाएर सहयोग गर्नुहुने सम्पूर्ण २३ जना प्रतियोगिहरु विशेष गरि संस्थागत रुपमा सहभागी भई सहयोग गर्नुहुने तमु गुरुङ समाज कतार, तमु धीं दक्षिण कोरिया, तमु धीं क्यानडा, तरेली साँस्कृतिक परिवार पोखरा, हिमाली साँस्कृतिक परिवार पोखरा लगाएत संस्थाहरुको सर्पोट रहेको थियो ।उक्त नतिजा तथा तमु ल्होसारको शुभकामना कार्यक्रमको अवसरमै नेपालीहरुको सुख-दुखमा सहयोग गर्दै आउनु भएका जापानी नागरिक सासकी हिरो, समाजसेवी सुक केसी, राष्ट्रीय अविस्काकर केन्द्र जापानका संयोजक ईन्जिनियर सुवास गुरुङ, समाजसेवी केशव अधिकारीलाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्नुहुने प्लाटिनम स्पोन्सर कावासाकी वुल्स, गोल्ड स्पोन्सर स्पान्सर गर्नुहुने संरक्षक ईश्वर गुरुङ र सिल्भर स्पोन्सर क्रमश: याम गुरुङ, श्री गुरुङ,पदम प्हच्यु तमु, प्रकाश गुरुङ, हर्क गुरुङ, सारंगी रेष्टुरेन्ट ओमोरी, विष्ट गुरुङ, पदम गुरुङ स्पोन्सर सपोर्ट गरेकोमा सम्मान गरेको थियो ।

तमु धीँ जापानका अध्यक्ष सौगत गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी ओम गुरुङको प्रमुख आतिथ्यतामा संस्थाका महासचिव चित्र गुरुङले संचालन गरि सम्पन्न भएको थियो ।