मङ्गलबार, बैशाख ११, २०८१

प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । बुधबारको सुनुवाईमा निवेदकले अन्तरिम आदेश मागेकामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अन्तरिम आदेश जारी नगरी संवैधानिक इजलासमा पठाएका हुन् ।

उनले संवैधानिक इजलासमा पनि निवेदन भएकाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् । सबै रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि अब शुक्रबार यी रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस हुने छ ।