अम्गाइको शब्द रचिएको “माया हे माया” नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । प्रवासमा रहेर गीत संगीतका सर्जक तथा गीतकार धुर्व प्रसाद आम्गाइको शब्द रहेको माया हे माया गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा बिन्दु परियार र राज सागरको स्वरमा अनि राज सागरकै संगीत रहेको छ ।
आहा टिभिको यूटुव च्यानलबाट सार्वजनिक गरेको यो भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन् । जीबी चिरन र शुसिला थापाको अभिनय रहेको म्यूजिक भिडियोमा अमृत चापागाँईले सम्पादन गरेका हुन् ।
छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको यो म्यूजिक भिडियोको प्रोडक्सनमा जनता डिजिटल्स रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया