बिहिबार, बैशाख १३, २०८१

अनेसास जापानको बार्षिक साधारण सभा सम्पन्न,साहित्य पुरस्कार विजेता घोषणा

टोकियो । अन्तराष्ट्रीय नेपाली साहित्य समाज )अनेसास) जापान च्याप्टरको वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार नोभेम्बर १५ तारिख अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा तथा लक्ष्मी जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको हो । सो अबसरमा अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार २०२० का विजेताहरु पनि घोषणा गरेको छ ।
अनेसास जापानले लक्ष्मी जयन्ती विशेष अवसरमा तेस्रो जापान ब्यापी खुल्ला कबिता प्रतियोगिता आयोजना गरेको थियो । उक्त कविता प्रतियोगिता सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रायोजन गरेको थियो । सुरेन्द्र अस्थफल,मोमिला जोसी , केशब सिग्देल निर्णायक रहेको कविता प्रतियोगितामा २९ कविका २९ कविता सहभागि थियो जसमध्ये उत्कृष्ट ३ कवितालाई बिजया घोषणा गरिएको छ । तीन उत्कृष्ट कविता छोरीको चिठी अमरदेब बास्तोला,गाऊँ फ़र्किरहेको परदेशी सयापत्री थुलुङ र सिक्का बिनोद आचार्यलाई अनेसास जापान सिटी एक्सप्रेस साहित्य पुरस्कार २०२० का विजेता घोषणा गरिएको थियो ।
संस्थाका अध्यक्ष गिरिजा गैह्रेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य हेमन्त गिरी र कार्यक्रम सञ्चालन रबिन शर्माले गर्नु भएको थियो ।