एनआरएनए जापानको आर्थिक अनिमियतताको विषयमा छानबिन समितिले सुरु गर्यो काम

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनिमियतता आवाज उठेर उच्चस्तरीय छानबिन समिति गठन गरेपछि काम सुरु गरेको छ । छानबिन समितिमैं केहि समय विवाद भए पनि एनआरएनए आइसीसीले एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्को संयोजकत्वमा एनआरएन एसिया प्यासिफिक संयोजक गोबिन्दप्रसाद श्रेष्ठले जापानको एनआरएनलाई नजिकबाट बुझेका छानबिन समिति बनाएपछि कामले तीब्रता पाएको छ । उच्चस्तरीय छानविन समितिको गत बुधबार बसेको बैठकले समितिले गर्ने कार्य, क्षेत्राधिकार, समय, उठान गरिएका बिषय तथा दिशानिर्देशहरू सम्बन्धी निर्णय गरी काम शुभारम्भ गरिएको छानविन समितिकोका सदस्य सालिकराम भण्डारीले जानकारी दिनुभयो
बैठकमा एनआरएनए आइसीसी कोषाध्यक्ष महेश श्रैष्ठ, एशिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी सहित समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । प्रधानाङ्गको संयोजकत्वमा पहिला नै समिति बनेको भएता पनि बैठक बस्न सकेको थिएन । अव समितिको क्षेत्राधिकार, समयसीमा तथा मार्ग निर्देशन पुरा भएकाले छानविनको काम शुरु भएको एसिया प्यासिफिक संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
समितिका संयोजक प्रधानाङ्गले एनआरएनए जापानको बर्तमान कार्यसमिती लगायत पुर्व कार्यसमितीहरू र छानबिनसंग सम्बन्धित सरोकारवाला जापानबासी नेपाली दाजुभाई दीदीबहिनीहरूलाई उच्चस्तरीय छानबिन समितिको कामलाई परिणाममुखी बनाउन सकारात्मक सहयोग लागि अपिल गर्नुभएको छ ।
एनआरएनले बनाएको उच्चस्तरीय छानबिन समितिको कार्य क्षेत्राधिकार, छानबिनका बिषय,समितिको समयासीमा तोकेको छ । समितिले एनआरएनए जापानले सन्‌ २०१५ मा महाभूकम्पको सहयोगार्थ उठाइको रकम प्रयोग सम्बन्धमा,सन्‌ २०१८ मा सम्पन नेपाल फेस्टिबलमा विभिन्न संघसस्थाले दिएको सहयोग रकम बार्षिक प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिको सहयोग रकमको सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा र केहि कसैबाट उजुरी परेको खण्डमा छानबिन गर्न पाउने जनाइएको छ । समितिलाई छानबिन गर्नका लागि आवश्यक सहयोगी चयन गर्न पाउने समेत अधिकार दिइएको छ । समितिको कार्यावधि २०२१ जनवरी २२ सम्म तोकिएको छ । समितिलाई आवश्यक सहयोग गर्नको लागि एनआरएनए जापान कार्यसमितिलाई समेत पत्राचार गरिसकिएको छ । समितिले दिएको प्रतिवेदन एसिया प्यासिफिकसंयोजकमार्फत एनआरएन आइसीसीमा पठाउने निर्णय भएको छ । एनआरएनए जापानका संस्थापक अध्यक्ष समेत रहेका राजन प्रधानाङ्गको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिती गठन गरिएको र छानविनका लागि काम थालिएको छ । छानविन समितिमा डा.बलराम श्रेष्ठ,विजय थकाली, डा.सरोज कँडेल र शालिकराम भण्डारी सदस्य रहेका छन्‌ ।
हालै सम्पन्न एनआरएनए जापानको साधारण सभामा समेत आर्थिक अनियमितताको बिषय गहन रुपमा उठेपछि गत अक्टुबर २ तारिख बसेको एनआरएन आइसीसीको बैठकले एनआरएन एसिया प्यासिफिक संयोजक गोबिन्द प्रसाद श्रेष्ठलाई छानविन समिति गठन गर्न र समस्या र समाधानका लागि जिम्मा दिएको थियो । एनआरएनए जापानमा अघिल्ला कार्यसमितिले गरेको आर्थिक अनिमियतताको हालका संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले सामाजिक संजालमार्फत छानबिनको लागि सार्वजनिक रूपमा माग गर्नुभएको थियो ।
उच्चस्तरीय छानबिन समितिले आउँदो हप्ता जापानको राजधानी टोकियोमा एक पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सहित राय सुझावको लागि अनुरोध गर्ने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया