प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपति भण्डारीको हातबाट बडा दसैँको टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडा दसैँको टीका ग्रहण गर्नुभएको छ । शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
त्यस क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिनु भएको छ । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दसैँको टीका र जमराकने माला ग्रहण गर्नुभयो ।
प्रधानमन्त्री पिताजी मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएको हुनाले उहाले टीका ग्रहण गर्न पाउनु भएको थिएन् । यद्यपी प्रधानमन्त्री ओलीले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दसँको टीका लगाइदिनु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: