शुक्रबार, चैत १६, २०८०

मोना जापानको क्यूशु क्षेत्रीय समिति विस्तार,अध्यक्षमा बानियाँ चयन

जापान । म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले जापानका विभिन्न स्थानमा रहेका म्याग्देलीलाई समेट्ने अभियानलाई तिब्रता दिएको छ ।
रोजगार, शिक्षा लगायत विभिन्न सिलसिलामा जापानमा पुगेका म्याग्देलीलाई एकजुट बनाउने उद्देश्यले फुकुओका क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुको भेलाले अध्यक्ष उज्ज्वल बानियाँको अध्यक्षतामा मोना जापान फुकुओका क्षत्रीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष कुसल कार्की, दीपक बिके,सोफियाँ मगर, सचिव मन्जु चोखाल, सहसचिव सृष्टि किसान, कोषाध्यक्ष सफल कार्की, सह–कोषाध्यक्ष बिकल कार्की,सदस्यहरु सुस्मिता खत्री, दिवान पुन, बिजी बानियाँ, रमेश रिजाल, मन्जु भण्डारी र सन्देश हमाल ठकुरी रहेको मोना जापानमा महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो।
मोना जापानका सल्लाहकार ददिवल खड्काको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा मोना आइइसीका उपाध्यक्ष राम खड्का, मोना जापानका सल्लाहकार तिलक मल्ल, मोना जापानका बरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ, निबर्तमान यसिया प्यासपिक सयोंजक तारा कार्की मोन जापान केन्द्रिय कार्यसमिती सदस्य सागर कार्की बिजय केसीको उपस्थिती रहेको थियो । नवनिर्वाचित कार्यसमितिलाई मोना जापानका सल्लाहकार तिलक मल्लले सपथ गराउनुभएको थियो । कार्यक्रमको अध्यक्षता मोना जापानका अध्यक्ष दिपक कार्की, सञ्चालन महासचिव श्रेष्ठले गर्नुभएको थियो ।सोही अवसरमा फुकुओकामा अध्ययरत रघुगंगा गाउँपालिका–६ पाखापानीका दिवान पुनको उपचारमा कार्यसमिति सागर कार्कीको संयोजनमा संकलन भएको ३६ हजार हस्तान्तरण गरिएको थियो । कार्यक्रमको ब्यवस्थापन खर्च नेपाल जापान ब्यवसायी संघका अध्यक्ष विजय थकालीले गर्नुभएको थियो ।
यसअगाडी जापानको नागोया, सेन्दाईमा क्षेत्रीय समिति विस्तार भइसकेको र अव सिजोका र अन्य सहरमा समेत तयारी भइरहेको मोना जापानका अध्यक्ष कार्कीले बताउनुभयो ।