शुक्रबार, चैत १६, २०८०

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २,०२२ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी, लमजुङ, तनुहुँ र कास्कीमा गरी थप १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,०२२ पुगेको छ ।

संक्रमितमध्ये नवलपरासी देबचुलीका संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत छन् । लमजुङका संक्रमित भारतबाट आएका हुन् । पोखरा महानगरपालिका १७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी हुन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यसैगरी गण्डकी प्रदेशमा कोरोन संक्रमणबाट निको हुनेको संख्या १,६७२ (निको हुने दर ८२.६९ %) रहेको छ ।