जापानबाट ‘यो चरिको चिरविर चिरविर’आधुनिक गित सार्वजनिक

टोकियो । पछिल्लो समय बिदेशमा पनि नेपाली गीतको छायांकन हुने क्रम बढेको छ । यसै क्रममा राईजिङ नेपाल ईन्टरटेन्टमेन्टको प्रस्तुतीमा जापानको राजधानी टोकियोको चर्चित हाराजुकु पार्कमा छायाङकन गरिएको आधुनिक गित सार्वजनिक भएको छ ।

गितको म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापाका भाई आर्यान थापा र सबिना गिरिको अभिनय रहेको छ भने भिडियोको निर्देशन, छायांकन र सम्पादन तेजेन्द्र भण्डारीको रहेको छ ।
‘यो चरिको चिरविर चिरविर’ शीर्षकको गीतमा संदिप समर्पनको मिठो आवाज रहेको छ भने अभ्युदय खनालको शब्द रचना रहेको छ । संगित संयोजन साश शाक्यले गरेका छन् ।
एडिसन दर्लामी मगर र एनएसटी ग्रुप जापानको बिशेष सहयोगमा गित सार्वजनिक भएको तेजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: