बिहिबार, चैत १५, २०८०

एनआरएनए ग्लोबल स्पीच कन्टेस्टको तयारी पुरा,यस्ता छन् सहभागि

जापान : गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा आइतबार हुन लागेको ‘ग्लोबल स्पीज कन्टेस्ट’को तयारी पूरा भएको छ । प्रतियोगितामा २९ देशका ६० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता हुन लागेको हो ।
एनआरएनए एसिया प्याशिफिक युवा संयोजक दीपक कँडेलका अनुसार अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा २९ देशका ६० जनाले सहभागिता जनाएका हुन । अनलाईन जुम मार्फत (अडियो, भिडियो) हुने सो प्रतियोगिता अगस्ट ९ तारिख अर्थात आइतबार नेपालको समय ३ बजे हुँदैछ । प्रतियोगितामा सहभागीलाई आजै शनिबार दिउँसो ३ बजेको समयमा रिहर्सल गराइँदैछ । जसको लागि सबै प्रतियोगिलाई लिंक इमेलमा पठाइएको संयोजक कँडेलले बताउनुभयो । सो लिंक सम्बन्धीत प्रतियोगिको इमेलमा मात्र पठाइने छ । साथै लिंक सबैको ईमेलमा पठाइसकेकाले सम्बन्धीत एनसिसीमार्फत प्रतियोगिलाई जानकारी गराइ सहभागि गराइदिन आग्रह गरिएको छ ।
प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई ,अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डले सहभागिता जनाएका हुन ।
संयोजक कँडेलका अनुसार हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहनु भएको छ । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा हुनुहुन्छ ।
प्रतियोगितामा विजेतालाई नगद तथा सर्टीफिकेटको ब्यवस्था गरिएको छ । पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई साठी हजार, तेस्रो हुनेलाई चालिस हजार तथा प्रमाणपत्र सहितको पुरस्कार ब्यवस्था गरिएको छ । साथै प्रतियोगितमा १३ वर्षभन्दा मुनीका प्रतियोगीका लागि एक जनालाई लिटल मास्टरको टाइटल प्रदान गरिनेछ । साथै एक जनालाई एनआरएन राइजिङ स्टारले सम्मान गरिने गरि तयारी गरिएको छ ।
यस्तो छ प्रतियोगिहरुको नामावली ;-
१ नौलाखा उमंग – म्यानमार
२ अभिलाषा खतिवडा – म्यानमार
३ Samuel गुरूङ -मकाउ
४ दुर्गा रंजीत कुमार क्षेत्री – मलेशिया
५ सुहिम थापा- नाइजेरिया
६ Veenisha Thapa – मलेशिया
७ आर्मिंडा देवकोटा – मोरक्को
८ अंशिका बस्नेत- युगान्डा
९ हर्ष भण्डारी- बोत्सवाना
१० पवन भण्डारी- युगान्डा
११ श्रेया बम – युगान्डा
१२ मिम्ती गुरूङ- मलेशिया
१३ सुप्रिया गिरी- सिंगापुर
१४ टिया आचार्य – युके
१५ Akrish भण्डारी – केन्या
१६ पुजन खत्री- जापान
१७ Risavchandra आचार्य – जापान
१८ लोनिभा महर्जन – जापान
१९ संयोग आले – सिंगापुर
२०. Jasmine Saiyad – साउदी अरेबिया
२१ क्रिस्टिना सिग्देल -स्पेन
२२ कृतिका रावत – बहराईन
२३ निशान्त खत्री – बहराईन
२४ Aisha अर्याल- साउदी अरेबिया
२५ दीक्षा थापा -साउदी अरेबिया
२६ दंग तिमिल्सिना (सजना) – थाईल्याण्ड
२७ श्रेया पोखरेल – क्यानाडा
२८ गायत्री शर्मा – पोर्तुगल
२९ स्मिद गैरे -इटाली
३० करण दाहाल – थाईल्यान्ड
3१ Dibya धिताल – थाईल्यान्ड
३२ कुञ्जन बोहरा -अष्ट्रिया
३३ समीरा केसी- रूस
३४ बिक्रम केसी- रूस
३५ सब्यता शर्मा – क्यानाडा
३६ Shakshi Bhattarai -युएई
३७ Samaa Siddiqui – युएई
३८ सुप्रिया घिमिरे -संयुक्त राज्य अमेरिका
३९ देव ढकाल -अस्ट्रिया
४० Princess Pokha
४१ निर्जला कोइराला – दक्षिण कोरिया
४२ मिशन शर्मा – स्पेन
४३ रिषी अधिकारी – युएई
४४ आइशा सिटौला- दक्षिण कोरिया
४५ रिजु पौडेल- अस्ट्रेलिया
४६ परिणीति गुप्ता -आयरल्यान्ड
४७ उन्नती गौतम -आयरल्यान्ड
४८ स्वरूप काफ्ले- आयरल्यान्ड
४९ आयुष्मा गैरे- पोर्तुगल
५० मानसी खरेल- पोर्तुगल
५१ जीया हमाल – कतार
५२ रोमिन गैरे- कतार
५३ Unique भण्डारी – कतार
५४ आर्यना राई – हङकङ
५५ प्राथना थापा – चीन
५६ युजन क्षेत्री (ज्ञवाली)- चीन
५७ रोजी थापा – हङकङ
५८ आयुष कँडेल- क्यानडा
५९ Divya ढकाल -अस्ट्रिया
६० मनिषा कँडेल- स्कटल्याण्ड
स्रोत -एनआरएनए एसिया प्याशिफिक युवा कमिटी