आपत्तकालिन सहयोग समिति जापानको आय-व्यय सार्बजानिक

जापान । नेपाली समुदाय कोभिड-१९ आपत्तकालिन सहयोग समितिले हाल सम्मको सम्पुर्ण आय/व्यय बिबरण सार्बजानिक गरेको छ। गत शुक्रवार नेपाली राजदूतावास सभाकक्षमा समितिको बैठक बसी सो विवरण सार्वजनिक गरिएको हो ।

समितिका संयोजक देबीलाल भण्डारीको अध्यक्ष्यतामा मु्ख्य संरक्षक राजदुत प्रतिभा राणा, संरक्षक एनआरएनए आईसिसि निवर्तमान अध्यक्ष भवन भट्ट, उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगाएत बिभिन् संघ/संस्था प्रतिनिधिको उपस्थिती रहेको बैठकमा विभिन्न विभागहरुले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समिति अन्तर्गत रहेका निम्नलिखित विभाग तथा विभागीय प्रमुखहरुले आफ्ना गतिविधिबारे जनाकारी गराएका थिए ।
१.स्रोत परिचालन तथा मानव संसाधन प्रबंधन बिभाग प्रमुख देबीलाल भण्डारी
२.स्वास्थ्य तथा जनचेतना बिभाग
प्रमुख एलिजा केसी
३.सरकारी निकाय समन्वय बिभाग
प्रमुख जित बहादुर कार्की
4.खाधान्न तथा लजिस्टिक समन्वय बिभाग
प्रमुख शिब प्रसाद पौडेल
5.आय तथा रोजगार समन्वय बिभाग
प्रमुख बिजय थकाली
जिज्ञान थापा
उक्त,सार्वभौमिक आय/व्यय विवरण यसप्रकार रहेको छ ।

सहयोग बितरण सहकार्य एनआरएनए क्षेत्र
टोक्यो ¥ 40,850
चिवा ¥ 34,980
गुन्वा ,इबाराकी ¥ 39,200
तोचुगी ¥ 25,000
निगता ¥ 11,290
ओसका ¥ 108,000
————————
नेपाली समुदाय कोभिड 19 सहयोग समितिमा नगद जम्मा ¥ 1,136,111
हाल सम्म खर्च ¥ 278,530
—————————————
बचत ¥ 857,581

क्युस्यु फुकुओका ¥ 500,000 बराबरको नगद जिन्सी सहयोग स्थानिय स्रोत बाँट।
ओकिनावा ¥ 600,000 बराबरको जिन्सी सहयोग
सहयोग स्थानिय स्रोत बाट
ग्लोवल होम ¥ 260,000बराबरको जिन्सी सहयोग
सहयोग आफ्नै कम्पनिबाट
फुकुओका तथा ओकिनवामा वितरण गरिएको सहयोग ति सम्बन्धित क्षेत्रबाट नै संकलन गरि वितरण गरिएको हो ।
यस सहयोग कार्यमा निम्नलिखित व्यक्ति तथा संघ/संस्थाहरुबाट सहयोग प्राप्त भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: