नेपाली कला-संस्कुतिले सझिएको ‘ससुराली’ कावासाकीमा

जापान । पछिल्लो समयमा जापानमा नेपाली रेष्टुरेण्टहरु खुल्ने क्रम बढेर गएको छ । यसै क्रममा यही अगष्ट १ तारिख शनिवारदेखि टेकियोको नजिक कावासाकी स्टेसन नजिकै “ससुराली नेपाली टिपिकल रेष्टुरेण्ट” संचालन हुने भएको छ ।
जापानमा रहेका नेपालीहरूसहित अन्य विदेशी र जापानीजहरूलाई समेत नेपाली खानाको विशुद्ध स्वाद दिनका लागि ससुरालीको संचालन गरिन लागेको ससुराली समूहका प्रवन्ध निर्देशक ढुण्डिराज आचार्यले जानकारी दिनुभयो । “पछिल्लो समय जापानमा नेपाली रेष्टुरेण्टहरू खुल्ने क्रम बढ्दो रहेपनि हामी भने त्यो भीडमा अलग्गै बन्नेमा हाम्रो विश्वास छ,आचार्यले भन्नुभयो,नेपालीहरूको लागि विशिष्ट विशेषता रहने ससुराली झैं हाम्रो रेरेष्टुरेण्ट पनि साँच्चिकै सबैको ससुराली झैं हुने बताउनु भएको छ ।
जेआर कावासाकी स्टेसनबाट पैदल करिव ३ मिनेट र केइकु कावासाकी स्टेसनबाट पैदल करिव १ मिनेटको दूरीमा मात्रै रहेको ससुराली नेपाली टिपिकल रेस्टुरेन्टमा २ सय जनासम्म अटाउन सक्ने क्षमताको छुट्टा९छुट्टै कोठाको ब्यवस्था रहेको ब्यवस्थापनले जनाएको छ ।
नेपाली टिपिकल रेष्टुरेण्टमा रहेको खानाको मूल्य अहिलेसम्मकै सबैभन्दा सस्तो रहेको दावी गर्दै मूल्यको हिसाबमा खानाको स्वाद, गुणस्तर र मात्रामा कुनै पनि सम्झौंता नगर्ने ब्यवस्थापनको दावि छ । हामी ससुरालीमा आएका कुनै पनि ग्राहकलाई पूर्ण सन्तुष्टि दिनमा प्रतिवद्ध छौं,”उहाँले भन्नुभयो, कुनै पनि ग्राहकले खानामा कुनैपनि किसिमको कमजोरी स्पष्ट कारणसहित देखाउनु भयो भने त्यो खानाको पैसा नलिन पनि तयार छौं । पारिवारिक भेटघाट,विभिन्न कार्यक्रम,विवाह ,व्रतवन्ध,जन्मदिन,पास्नी,बेवी सावर,चाडवाडको जमघट,वार्षिकोत्सव,स्वागत,विदाई आदिका लागि ससुराली नेपाली टिपिकल रेष्टुरेण्ट नै उत्कृष्ट रोजाई र स्थान हुनेमा ससुराली समूहको विश्वास छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया