गायक अमित सापकोटाको तिज गित ‘गुलेलि बन्दुक’बजारमा

जापान । नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा गायक अमित सापकोटाले यस वर्ष पनी छमछम नचाऊने तिज गित – गुलेलि बन्दुक बजारमा ल्याएका छन् । हुन त यो समय बिश्व भरि कोरोना भाईरसले महामारी निमत्याएको छ तर पनी आफ्नो कला संस्कृति गीत संगीतको निरन्तरताको लागी भएपनी सम्पूर्ण दर्शक श्रोताहरूलाई घरमै गीत बजाएर नाचेर दर खाने र तिज मनाऊनको लागी यसवर्ष पनी तीज गीत बजारमा ल्याएको जानकारी दिनुभएको छ । गीतमा पुरुष आवाजमा गायक अमित सापकोटा अनि महिला आवाजमा चर्चित गायिका टिका सानुको रहेकोछ भने संगीत चर्चित गायक सर्जक सुर्य खड्काले भरेका छन् भने मौलिक शब्दका अब्बल सर्जक अर्जुन सूबेदीले कलम चलाएका छन् । गीतको म्यूज़िक भिंडियो पनी उत्कृष्ट बनेको निर्माण पक्षले जानकारी गराएका छन् । सूजन शाहीको सम्पादन रहेको यस गीतलाई शम्भु चालीसेले क्यामरा चलाएका छन् भने चर्चित निर्देशक शिब बिक को निर्देशन रहेको छ ।
गीतको म्यूज़िक भिडियो

फेसबुकबाट तपाइको प्रतिक्रिया