गायक खेमराज पौडेलको नयाँ तीज गीत ‘ढुङे छपनि’ बजारमा

जापान । हरितालिका तीजको अवसर पारेर लोक तथा दोहोरि गायक खेमराज पौडेलको नयाँ तीज गीत बजारमा आएको छ ।
बिगत केहि वर्षदेखि प्रदेसमा बस्दै आएका गायक खेमराजले आफ्नो सांगीतिक यात्रा प्रबास बाटै सुरु गरेका हुन । बिश्व कोरोना भाईरसको महामारीबाट पनि बचेर मनोरंजन लिन सबै नेपालिलाइ आग्रह गर्दै आफ्नो गीत ढुङे छपनि लाई पनि माया गरिदिनुहुन अनुरोध गरेका छन् ।
एक दर्जन जति गीतहरुमा आफ्नो आवाज दिएका उनि यस बर्षको तीज गीत बाट धेरै भन्दा धेरै दर्शक स्रोता माझ चिनिने वर्ष बन्ने मा ढुक्क छन् । हालसालै बजारमा आएको ढुंगे छपनि बोलको गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द कर्णप्रिय आवजका धनि गायक सुर्य खड्काको लय संगीतमा खेमराज पौडेल र सिवा केसीको आवज रहेको छ ।
दुर्गा पौडेलको छायाँकन पपुलर निर्देशक एवं डान्सर शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम शंकर बिसीको अभिनय देख्न सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया