बिहिबार, बैशाख १३, २०८१

बरु मौन बसौं ।

जीवन अर्याल । पैले पनि लेँखे। मेँटे। नराम्रो लाग्लाकी ठाँने। अस्तीको आन्दोलन सुन्दा र प्लेकार्ड पढ्दा सार्है चित्त दुख्यो।

प्रभाव अर्कै छ। ठ्याक्कै पाँच दिन भो, गिता सार सुन्न थालेको। पैलो पटक भने होईन। यही पाँच दिनमा चार पटक दोर्याएँछु। साथमा स्वामी बिबेकानन्दको जीवनी सँगको मुभी हेंरेको तीन दिन भो।

एक्कासी दैवी शक्ती प्राप्त भो। भनेर भन्दिन । लेख्न प्रेरणा भने बेस्सरि मिल्यो।

समाजको अगुवाले जानेर गल्ती गर्नु हुँदैन। राजनिती गर्ने मात्रै नेता होईन। अगुवाई गर्ने सबै नेता हुन।

सहयोगीहरु कती धेरै छौं। हुनुहुन्छ।बिदेशबाट कती पैसा जुट्छ,गरिवलाई। समाजिक संजालमा देखिन्छ। निकै राम्रो लाग्छ।अरु देशमा हुँदैन। भए पनि अति न्युन मैले बुझेको।

प्रतिस्पर्दा पढाईमा र राजनितिमा मात्रै होईन सहयोगी हातमा पनि हुँदो रहेछ। तँछाड मछाड। आरोप परत्यारोप। प्रस्ट देखिन्छ। दिक्क लाग्दो। सहयोगी मन भने पछी त,बोलिमा अनि शब्दमा पनि सहयोगी पन छचल्किन पर्ने होईन र ?

मेरो सुत्र झुक्केर बाहेक है। कि मौन बस्ने। गर्न नसके सकिन भन्ने। चित्त नबुजे राम्रो शब्दमा सुझाव दिने। सुझाव लिन सकेनन मै लाई दोशी देखे भने मौन बस्ने। प्रतिशोतको भावना नराख्ने।

लेख्न पर्‍यो भने शब्द चयनमा ध्यान दिने। कसैलाई बाधा नपुर्याई लेख्ने।

मैले नेतालाई गाली गर्न पाउँछु। गलत गर्नेलाई दर्शाउन पाउँछु। म जस्तै अरु आफ्नो बुताले सहयोग गर्ने सिकारुलाई दबाउन खोजे भने नतिजा के हुन्छ ?

सहयोगी हात हो। हजारलाई सहयोग गर्नु भो। एकजनालाई पनि अन्जानमा होईन जानेर भद्दामजाक गरियो भने के होला? आँशुले पोल्छ।

आफ्नो कारण आफुलाई जती पिडा दिन पनि पाइँन्छ। आत्मदाह समेत(मैले त्यो सोच्न समेत सक्दिन्)। तर हाम्रो कारण अरुलाई डस्ने,घोचपेच गर्ने,कुराकाट्ने बिनासिद्दी कसैको अधिकार हुँदैन। अरु तिमी भन्दा खराब नै किन नहुन। हामी नर्मल जीवन बिताउँने हरुले समेत।

सामाजिक जीवन जीउने हो भने धेरै कुरा सोच्नै पर्ने हुन्छ। हामी सहयोगी बन्ने भनेपछि, भित्रै देखी सहयोगी हुनुपर्‍यो। बनावटी नेता, बनावटी अगुवाको कुनै अर्थ छैन। गर्नेलाई पनि घाटा पाउँनेलाई पनि घाटा।

बरु बर्षमा एउटा मात्रै सहयोग गर्नु। उ र तपाई दुबै खुशी हुने गरी। सकिदै किन गर्ने ? प्रतिस्पर्धा तँछाड मछाड किन गर्नु होईन? शान्तिपूर्ण जीवन जीउने। सयलाई सहयोग एकलाई पिडा दिने भन्दा कसैलाई पिडा नदिने एक ठीक भो नि होईन? कम्तिमा कसैको गाली खानु परेन। सराप खानु परेन। मैले भन्न खोजेको सहयोग गर्ने तर चनाँखो हुँदै। थोरै पनि पिडा हाम्रो कारण अरुले खेप्नु नपरोस।

कोरोनाको बेला आन्दोल किन? अमेरिकामा जस्तो घाँटी थिचेको छ र ? सरकारले। बरु जाँजरकोट बारे आन्दोलन गर्नु जायज हुन्थ्यो। छ। जातियता बिरुद्दको आन्दोलन , पिडितलाई न्याय दिलाउने आन्दोलन। समय सान्दर्भिक हुन्थ्यो।

बिरोध गरौं। सिकाउने गरी गरौँ। आन्दोलन गर्ने अरु पनि माध्यम छन। समाजिक सँजाल छ। जोगिएर घर भित्रै बस्ने बेला हुलमुल गर्ने
के को लागी ? स्वास्थ सँग जोडिएको कुरामा संबेदनशिल बन्नु हामी सबैको दायित्व हो। यो बेला ग्रुप बनाउने, सरकारलाई असफल बनाउने बेला, परिवर्तन गर्ने बेला कदापी होईन। यो त आफु बाँची अरुलाई बचाँउने बेला हो। राजनिती गर्ने समय आउछ।

लाजमर्दो प्लेकार्ड। लाजमर्दा नाराहरु। त्यो पनि एक्काईशौं सताब्दिका युवाहरुले। कस्ले उचालिराको छ? किन उचालिराको छ? के सिकाईराको छ? आफै छर्लङग छ। हुनेछ ।

समाजिक संजालमा आंदोलन गर्न मिल्थ्यो।ज्ञापना पत्र बुझाउन सकिन्थ्यो। यो बेला त्यो अर्थपूर्ण र समर्थन योग्य हुन्थ्यो होला? खोई सिकाउनेले सिकेको ?

समय अनुसार पच्ने खालका कुरा गरियो भने समाज अनुकुल होईने हो। क्षणिक वाईवाईले केहि हुँदैन। आफै सेलाएर जान्छ। सुकेर जान्छ।

अन्तमा म सहयोगी छु भन्नु पर्दैन। सहयोग गरेपछी आँफै देखिन्छ। म बिद्वान छु, यती धेरै किताब पढे। बिद्दाबारिधी गँरे भन्नु पर्दैन। ज्ञान बाढ्नु भो भने स्वत: थाहाँ हुनेछ।

म चरित्रवान छु। भन्नु पर्दैन सरल बनिदिनु भयो, ब्यवहाँरले देखाईदिनु भो भने कुरा काट्नेहरु पनि प्रँससा गर्न थाल्नेछ्न। इतिहाश राम्रो हुनेहरुको भविष्य स्वत: सुन्दर हुन्छ। म गलत छैन भन्दै हिंड्नु पर्दैन, समयले उत्तर आँफै दिन्छ। कुरा काट्ने हरुले मनमनै सरि भन्नेछन।

सहयोग गरियो अरुले देखेनन के भो त?असली पिडितको खुशीको आँशु आसिर्वाद हुँनेछ। अझ धेरै सहयोग गर्न पुग्ने बनाउँनेछ।

हजुरले गलत नगर्दा नगर्दै पनि आरोप खेप्नु पर्‍यो भने न आत्तीनु। असल कर्म गर्न नछोड्नु। समयले आफै उत्तर दिनेछ। आत्तीनु र मत्तीनु पर्दैन। सलल बगे पुग्छ। आफ्नै गतिमा निरन्तर ।