Nepali date


सोमवार, जेष्ठ १२, २०७७

नेकपाको शंकट समाधानको बल माधव नेपालको कोटमा

✍️श्यामकाजी खत्री,काठमाडौं ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीले माधवकुमार नेपालसँग पार्टीलाई मजवुत बनाउन शिर्ष नेता मिल्नु पर्ने बताएका स्पष्ट देखिन्छ ।  त्यसका लागि माधवकुमार नेपाल सामु ३ विकल्प अघि  सार्नु भएको छ । जसलाई स्वीकार गर्ने वा अस्वीकार गरि आगामी दिनमा नेकपालाई एक ढिक्का बनाएर लाने जिम्मेवारी उहाँको काँधमा छ ।

माधबकुमार नेपालका लागि तीन अवसरहरु

  • १,तत्काल माधिवेशन गरी अध्यक्ष बन्ने,
  • २,तिन अध्यक्ष हुने,
  • ३,मन्त्री मण्डल पुर्नगठन गर्ने र आबश्यक परे मुख्य मन्त्री सम्म परिवर्तन गर्न सकिने।

अब माधवकुमार नेपालको रणनीति

  • १,केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मिलाएर पार्टीलाई एकताबद्व बनाउन नेतृत्व गर्ने,
  • २,केपि शर्मा ओली संग मिलेर पार्टी र सरकारलाई नयाँ सिराबाट अगाडि लैजाने,
  • ३,पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनालसगँ मिलेर केपि ओलीलाई सरकारबाट हटाउन बाध्य पार्ने र प्रधानमन्त्री हुने,
  • माधवकुमार नेपालले पुर्व एमालेको १५ वर्ष नेतृत्व गर्नु भएको थियो । उहाँले संविधानसभाको पहिलो निर्वाचनमा दुई ठाउँबाट पराजित भएको र पार्टी ३३ सिटमा खुम्चिए पछि नैतिकताको आधारमा राजिनामा दिनुभएको थियो । कमरेड नेपाल सबैलाई मिलाउन सक्ने खुबि भएका नेताको रुपमा चिनिन्छ । तिनै नेपालसंग पार्टी अध्यक्षमा प्रतिस्पर्धा गरेर कमरेड ओलीले पार्टी अध्यक्ष बन्नु भएको थियो । पार्टी अध्यक्ष पछि ओलीको नेतृत्वमा निम्नानुसारका मुख्य उपल्बधी हासिल भएको देखिन्छ ।
  • १,सविधान निर्माण
  • २,संघिताको कार्यन्वयन, तीन तहको निर्वाचन
  • ३,नाका बन्दीको बिरुद्ध मा भारतलाई झुक्न बाध्य,
  • ४, कम्युनिस्ट पार्टीको एकीकरण,
  • ५,दुई तिहाइ नजिक पार्टीको जितसगै नेपालको ईतिहासमा लोकप्रिय कम्युनिस्ट पार्टी बनाउन सफल,
  • ६,स्थायीसरकार निर्माण गर्न सफल ।
  • अहिले पार्टीमा देखा परेको संकट
  • १, ईतिहासमा नेपालको राजनीतिकमा लैनचौरको भुमिका रहदै आएकोमा, केपि ओली सरकारले त्यसलाई खारेज गर्नु,
  • २,विश्व शक्ति राष्ट्रहरुले नेपालमा बढदो कम्युनिस्ट सरकारको लोकप्रियता देखिनु,
  • ३,ब्यापारी घरानको नीजि स्वार्थमा नेता हरु लाग्नु,
  • ४,पार्टी र सरकारमा केपि ओलीको पकड बढनु,
  • ५,नेकपा लगाएतका अन्य पार्टीका नेताको विरुद्धमा अख्तियारमा मुद्दा हुनु,
  • ६, सरकारले राजनीति दल विभाजन सम्वन्धी अध्यादेश नेता बिचको सल्लाहमा आए पनि संबैधानिक परिषद् मा प्रधानमन्त्रीले चाहेको व्यक्ति नियुक्ति हुने उदेश्यले अध्यादेश ल्याएकाले अख्तियार प्रमुख नियुक्ती गरि सबैको विरुद्धमा  प्रयोग हुने डरले,
  • ७,केपि अओलीलाई तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन नसके आफ्नो भविष्य पार्टी भित्र नदेख्नु,
  • ८, केपि ओलीको अडान र कार्यशैलीबाट अरु नेताले आफ्न‍ो उद्धेश्य पुरा हुने नदेखिनु,

अबको निकासा

हामी कार्यकर्ताले धेरै आसा कमरेड माधव नेपालबाट गरेकाले, उहाँले पार्टी अध्यक्षमा हारेको कुन्ठा नपाली पार्टीलाई एकता गराउन आबश्यक छ । आफुँ १५ वर्ष पार्टीमा रहदा आफु खुसी छोडन मिल्ने र अधिबेशनबाट निर्वाचित भइ पार्टी एकताको कमाण्डर कमरेड केपि ओलीले चाहिँ अधिवेशन नै नगरी तपाईलाई पार्टी अध्यक्ष छोडनु पर्ने तर्क जाहेज हुन सक्दैन् । तपाईं प्रधानमन्त्री रहँदा र तपाईको विरुद्धमा ठुलो आन्दोलन हुँदा पनि तपाईंले पद छोडनु परेन र कम्रेड केपि ओलीको साथमा प्रतिकार गर्नु भयो । अहिले तपाईंलाई प्रधानमन्त्री हुन मन लाग्यो भनेर केपि ओलि ले सरकार छोडनु पर्छ भन्ने तर्क हुन सक्दैन। मलाई तपाई जस्तो लिडरले पदको लोभमा पार्टी संकटमा परेको हेर्ने मन छैन।

यद्यपि यस विषम परिस्थितिमा पार्टी फुटको दुर्घटनामा परेमा यसको असर सिंगो राष्ट्र र कम्युनिस्ट आन्दोलन लाई पर्ने छ। यसको भागिदार केपि ओली र माधवकुमार नेपालले दोष लिनु पर्ने छ । हालको अवस्थामा पुष्पकमल दाहाल प्रचण्डबाट देश र पुर्व एमालेले धेरै आस नगरेको र उहाँ आफ्नो उद्धेश्य पूरा गर्न जे गर्न  तयार हुनुहुन्छ भन्ने कुरा सबैले बुझेका छन् । यदि यहि अवस्थामा पार्टी फुटको दुर्घटना भएमा माधव नेपाल नै प्रमुख कारण हुने छन्, जस्ले केपि ओली लाई हटाउन ,र, को डिजाइनमा प्रचण्डको सहयोग लिइ पार्टी र सिङ्गो कम्युनिस्ट आन्दोलनको पतनको बाटोमा लाने वा नलाने निर्णय कम्रेड माधब नेपालको हातमा रहेको आम कार्यकर्ताको बुझाइ रहेको छ।

अन्तमा

भुगोलको नेता तथा कार्यकर्ताले नेकपाका शिर्ष नेताहरू खबरदार गर्न आवश्यक छ । यो कोरोनाको महामारीमा कार्यकारी अध्यक्षले महामारी विरुद्धमा पार्टिका नेता तथा कार्यकर्ता परिचालन गर्न सकेको भए नेकपाको लोकप्रियता बढ्ने थियो । स्मरण रहोस जसलाई धेरै माया गरिन्छ उसैलाई धेरै गाली गरिन्छ । जो प्रती धेरै आसा गरिन्छ उसै प्रती थोरै सुझाविय रिस रहनु पनि स्वभाविक हो  । म पार्टी एकताको पक्षमा छु ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: