Nepali date


मङ्लबार, चैत्र २५, २०७६

कोरोना संक्रमणबाट अमेरिकामा ५० वर्षीय एक नेपालीको मृत्यु

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

एक हप्तादेखि अस्पतालमा उपचार गराइरहेका पाँचथर रानीगाउँका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कोरोनाको संक्रमण देखिएको थियो । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले पनि लिम्बुको मृत्यु कोरोनाकै कारण भएको जनाएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट ५८२ जनाको मृत्यु भइसकेको छ ।

१ मार्च देखि अमेरिकामा कोरोनाको संक्रमण देखिएको थियो । छोटो अवधिमै अमेरिकामा ४६ हजार बढीमा संक्रमण देखिसकेको छ । त्यस मध्ये एक हजार बढी गम्भीर बिरामी छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: