काठमाडौँ । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन् ।
शनिबार भएको ग्रान्ड फिनालेमा उनले सबैभन्दा बढी मत ल्याएर विजेता बनेका हुन् । उनले २५ लाख नगद र कार जित्ने जितेका छन् ।‘वान लाइनर’ कमेडीमा प्रस्तुति दिएर अगाडि बढेका पन्त कमेडी च्याम्पियनले आफ्नो कलालाई निखार्न पाएकोमा खुशी भएको बताउँछन् । यसैगरी फस्ट रनरअप सुमन कोइराला र सेकेन्ड रनरअप खड्कबहादुर पुन बनेका हुन् । तीनै जनाले वल्र्ड टुरको उपाधि जितेका छन् ।
नेपालमा पहिलो पटक सुरु भएको ‘कमेडी च्याम्पियन’ रियालिटी सो अडिसनमा सामेल ८४ जनामध्येबाट पन्त,कोइराला र पुन टप थ्रीमा परेका थिए ।

