शुक्रबार, बैशाख ०७, २०८१

आदिवासी जनजाति महासंघ जापानको १७औं महाधिबेशन स्थगित

जापान । नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानको मार्च २२ तारिख आईतवार गर्न लागेको १७औं महाधिबेशन स्थगित भएको छ ।

फेब्रुवरी ९ तारिख जापानको राजधानी टोक्योस्थित नेपाली मुरा हलमा भएको संघीय परिषद् बैठकले महाधिवेशनको निर्णय गरेता पनि विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण नेफिन जापान कार्य समितिले महासंघको १७औं महाधिबेशन स्थगित गरेको हो ।  महासंघको १७औं महाधिबेशन स्थगितको अध्यक्ष टेक बहादुर लिम्बु जानकारी दिनुभयो । महासंघका अध्यक्ष टेक बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न अनलाईन बैठकले  १७औं महाधिबेशन स्थगित गरेको थियो ।

महासंघले महाधिवेशनको ६ महिनासम्मको लागि  १७औं महाधिबेशन स्थगित गरेको सम्पूर्ण आबद्ध संस्थामा जानकारी गराएको छ ।