शुक्रबार, बैशाख ०७, २०८१

नेवाः अन्तर्राष्ट्रिय फोरम जापानको ९औं अधिवेशन सम्पन्न,अध्यक्षमा डंगोल

जापान । जापानमा नेवारहरूको क्रियाशील संस्था नेवाःअन्तर्राष्ट्रिय फोरम जापानको ९औं अधिवेशन आईतवार सम्पन्न भएको छ ।
फोरम जापानले बालकृष्ण डंगोलको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्ष रवी श्रेष्ठ, महासचिव शिव तण्डुकार, सचिव भुदेव श्रेष्ठ र कोषाध्यक्षमा डा रवी महर्जनलाई चयन गरेको छ । त्यसै गरी जीवन शाक्य, निर्मल मानन्धर, उत्तम प्रधान, दिपेन्द्र महर्जन, बिशाल श्रेष्ठ, सुमन महर्जन, निरञ्जन श्रेष्ठ, मनकाजी महर्जन, रेणुका शाक्य, मिलि श्रेष्ठ ,सागर कपाली, रमेश महर्जन, सागर माली, रोशना श्रेष्ठ, शैलेन्द्र गोपालीलाई सदस्यमा चयन गरेको छ भने दीप रत्न शाक्य, गंगा डंगोललाई लेखा परीक्षकमा चयन गरेको छ । अधिवेशनले सल्लाहकारमा माधव नारायण मानन्धर, बिगेन्द्र मान सिंह प्रधान, रूपेश डंगोल, भुपि गोविन्द श्रेष्ठ, ज्ञानु खातोउ मानन्धर, डा. राम ध्वज श्रेष्ठ , दिनेश स्थापित, रविन शाक्यलाई चयन गरेको छ ।
जापानमा बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला, संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै नेवारहरूको विभिन्न चाड मनाउँदै र सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

अधिवेशनमा अध्यक्ष दीपरत्न शाक्यले प्रगति विवरण पेश गर्नुभएको थियो भने कोषाध्यक्ष रवि श्रेष्ठले आयव्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष बालकृष्ण डंगोलले संस्थाबाट नेपालमा दिंदै आएको छात्रवृत्तिकाबारे जानकारी दिनुभएको थियो भने संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले कसरी यस संस्थाको स्थापना गर्ने सोच आयो र तत्कालिन स्थितिमा कसरी यस संस्थालाई संचालन गरियो भन्नेबारे प्रस्ट पार्नुभयो ।