बुधबार, बैशाख १२, २०८१

चितवन समाज जापान नागोयाको अध्यक्षमा शिव न्यौपाने चयन

जापान । चितवन समाज जापान नागोयाको अध्यक्षमा शिव न्यौपाने सर्वसहमत  चयन भएका छन् ।

नागोयामा भएको भेलाले उपाध्यक्षमा प्रकाश गैरे, सचिव सन्तोष विक , सह-सचिव उषा न्यौपाने ,कोषाध्यक्ष शुवास अर्याल छानेको छ । कार्य समितिको सदस्यहरुमा राममणि रेग्मी ,विष्णु तिवारी ,पदम पौडेल , महेश पोखरेल , ईश्वर नेपाल , मधुसुधन कँडेल रहेका छन् ।

कार्यकम समाजका अध्यक्ष  रामु खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि चितवन समाज, जापानका पूर्व अध्यक्ष सरोज कँडेल , विशिष्ट अतिथि एनआरएनए जापानका  सचिव विष्णु  प्रसाद घिमिरे , एनआरएनए  जापानका पूर्व उपाध्यक्ष एवं व्यवशायी डिलाराम खरेल लगाएतका महानुभावहरुले  नवनिर्वाचित  कार्य समितिलाई शुभकामना दिएका थिए ।

भेलाले समाजको सल्लाहकार समिति पनि चयन गरेको छ। जस अनुसार डा  सुदिप अधिकारी ,कविकिरण  न्यौपाने, डिलाराम खेरेल , विष्णुप्रसाद घिमिरे,विमल अधिकारी ,रामु खरेल,सन्देश  पोख्रेल रहेका छन् ।