शुक्रबार, बैशाख ०७, २०८१

मन्त्री ज्ञवाली बार्सिलोनाका नेपालीसंग भेटघाट,राजदूत शेर्पाले गरिन स्वागत

बार्सिलोना । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड जानुअघि स्पेनको पनि भम्रण गरेका छन् ।

भ्रमनको अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली शनिबार बार्सिलोनाका नेपालीहरुसंग भेटघाट गर्नु भएको हो ।

नेपाली राजदूताबास स्थापनापछि नेपालको उच्चपदस्थ अधिकारी स्पेन आएको यो पहिलो पटक हो । तर परराष्ट्रमन्त्री ज्ञवालीको स्पेन सरकारका प्रतिनिधिहरुसँग त्यस्तो कुनै भेटबार्ता वा छलफलको कार्यतालिका भने छैन । मन्त्री ज्ञवालीले राजधानी म्याड्रिड पुगेर नयाँ नेपाली दूताबासको अवलोकनसमेत गर्ने छैनन् । मन्त्री ज्ञवालीको स्वागतका लागि म्याड्रिडदेखि शुक्रबार नै राजदूत दावाफुटी शेर्पा बार्सिलोना आइपुगेकी थिइन्। स्पेनस्थित नेपाली दूताबासको गाडीसहित प्रथमसचिव हरिहरकान्त पौडेल पनि यतिबेला बार्सिलोनामा नै छन् ।
जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औं उच्चस्तरीय बैठक सोमबारदेखि सुरु हुने हुँदा मन्त्री ज्ञवालीले २ दिनसम्म बार्सिलोनामा नै बिताउने भएका छन्।