शनिबार, बैशाख ०८, २०८१

म्यूजिकल नाईटको सम्पूर्ण तयारी पुरा,र्यापर भिटेन र विवेकले टोक्यो तताउने

टोकियो । चर्चित र्याप गायक भिटेन र विवेक वाईवा सहितको भोलि आइतवार टोकियोको सिन्जुकुमा हुने म्युजिकल नाईटको सम्पूर्ण तयारी पुरा भएको छ ।
सिन्जुकुको वार्पमा आयोजना हुने ‘म्युजिकल नाईट लाईभ ईन टोकियो भोलुम २’नामक साँगितिक कार्यक्रममा भिटेनले आफ्ना दर्शक, स्रोताहरुका लागि गाउने छन् । फरक र विशिष्ट र्याप गायनको माध्यमबाट संसारभर छरिएररहेका नेपाली युवाहरुको मन जित्न सफल भिटेन आफ्ना सांगिततिक कार्यक्रम लिएर विश्वका विभिन्न मुलुकमा पुगिसकेका छन्। जापान पनि उनको यो दोश्रो सांगितिक कार्यक्रम हुनेछ । यस अघि पनि जापानमा आई निक्कै भव्य कार्यक्रम गरिसकेका छन् ।

आयोजक ‘दाजुभाई’ सदस्य राकेश रुम्बाका अनुसार यस पटकको कार्यक्रम अझ विशेष हुने जानकारी दिनुभयो । कार्यक्रममा भिटेनसंगै गायक बिवेक वाईबा लामा,जापानमै रहेका गायक ‘काले भाई’उर्फ कुमार गुरुङ तथानेपाल र नेपालीहरुलाई माया गर्ने लोकप्रिय जापानी गायिका आओई सानो संगै डिजे नबिन लामाको विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रम सिन्जुकु स्टेसनबाट नजिकै रहेको वार्प सिन्जुकुमा अपराह्न ४:३० बजेबाट राती ८:३० बजेसम्म हुनेछ । कार्यक्रम सकिए पछिपनि ईच्छुकहरुले वार्प क्लवमा निशुल्क रमाउन सक्नेछन् ।कार्यक्रम निर्धारित समयमै सुरु हुने भएकाले समयमै हलमा प्रबेश गरि सहज सांगितिक मज्जा लिनहुनुका लागि दर्शकहरुलाई आयोजकले अनुरोध पनि गरेको छ ।
सांगितिक कार्यक्रमको ढोकामा टिकट लिँनेहरुले ४ हजार येन तथा भिआईपी टिकट लिनेहरुले १० हजार येनशुल्क तिर्नुपर्ने छ ।