शुक्रबार, बैशाख १४, २०८१

सेक्यूरिटी प्रेस खरिद सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

काठमाडौं। सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समितिको बैठकले सेक्युरिटी खरिद सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न निर्देशन दिएको समितिका सभापति भरत शाहले जानकारी दिए।

संचारमन्त्री गोकुल बाँस्कोटाको सेक्यूरिटी प्रेस खरिदका लागि एजेन्टसँग घुसका लागि डिल गर्दै गरेको अडियो सार्वजनिक भएपछि समितिले यो सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको हो।

समिति सदस्यहरु विरोध खतिवडा, मिलेन्द्र रिजाल, सूर्य पाठक, मोहम्मद इस्तियाक राई, धर्मशिला चापागाईँ, राजन केसीलगायतले रोक्न माग गरेपछि सेक्युरिटी प्रेस खरिद सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न समितिले निर्देशन दिएको हाे।