Nepali date


बुधबार, फाल्गुन १४, २०७६

गायिका शर्मिला र गायक पासाङको ‘हावा चल्यो’ सार्वजनिक (भिडियोसहित)

टोकियो । जापानलाई कर्मभूमि बनाई आफनो गितसंगीतलाई निरन्तरता दिदै आउनु भएकी गायिका शर्मिला तामाङ र गायक पासाङ लामाको नयाँ गित ‘हावा चल्यो’ सार्वजनिक भएको छ ।
नयाँ नेपाली लोक दोहोरी गितको म्यूजिक भिंडियो आज बुधबार शर्मिला तामाङको अफिसियल यूट्यूबबाट सार्वजनिक गरेको हो । आफ्नो मौलिक गाऊँघरको रमणीय स्थानको दृश्यमा म्यूजिक भिंडियोको सुटीङ गरिएको छ । बिदेशमा बसेपनी गाऊँघरको प्रचार हुने गरी गित र भिडीयो दृश्य लिएको देख्न सकिन्छ । पछिल्लो समयमा लोकगितमा विकृति भित्रीरहेको बेला यस गितले स्थान पाउनेमा गायकगायिका बिश्वस्त छन । यस गितमा स्वर तथा म्यूजिक शर्मिला तामाङ र पासाङ लामाले गर्नु भएको छ ।

म्यूजिक भिंडियोको निर्देशन शिब बिक,क्यामरामा अजय रेग्मी,सम्पादन पदम सूबेदी,एरेंज गणेश चौधरीले गर्नु भएको छ । ड्रीम स्टुडियोबाट तयार पारेको उक्त गितमा एक दर्जनबढ़ीले अभिनय गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: