मङ्गलबार, बैशाख ०४, २०८१

म्युजिकल नाईटमा चर्चित र्याप गायक भिटेनले टोकियो तताउने

टोकियो । युवा पुस्ताका अत्यन्तै चर्चित र्याप गायक भिटेनले टोकियो तताउने भएका छन् ।

फेब्रुअरी २३ तारिख‘दाजुभाई’को आयोजनामा टोकियोको सिन्जुकुको वार्पमा आयोजना हुने म्युजिकल नाईट लाईभ ईन टोकियो भोलुम-२’ नामक साँगितिक कार्यक्रममा भिटेनले आफ्ना दर्शक,स्रोताहरुका लागि गाउने छन् । र्याप गायनको माध्यमबाट संसारभर छरिएर रहेका नेपाली युवाहरुको मन जित्न सफल भिटेन आफ्ना सांगिततिक कार्यक्रमहरु लिएर विश्वका विभिन्न मुलुकमा पुगिसकेका छन् । जापान पनि उनको यो दोश्रो सांगितिक कार्यक्रम हुनेछ । यस अघि पनि जापानमा आई निक्कै भव्य कार्यक्रम गरिसकेका छन् ।

कार्यक्रममा भिटेनसंगै गायक बिवेक वाईबा लामा, भ्वाईस अफ नेपाल सिजन २ को प्रतिस्पर्धी गायक ‘काले भाई’उर्फ कुमार गरुङ्, जापानी गायिका आओई सानो संगै डिजे नबिन लामाको विशेष प्रस्तुती रहने जनाएको छ । कार्यक्रम सिन्जुकु स्टेसनबाट नजिकै रहेको वार्प सिन्जुकुमा अपराह्न ४:३० बजेबाट राती ८:३० बजेसम्म हुनेछ । कार्यक्रम सकिएपछि पनि ईच्छुकहरुले वार्प क्लवमा नि-शुल्क रमाउन सक्नेछन् । २४ तारिख सोमबार पनि बिदाको दिन परेकाले टाढा टाढाका दर्शकहरुको पनि उपस्थिती हुने आयोजकको अनुमान रहेको छ ।

भिटेनसंगको बेजोड सागिँतिक आनन्द लिनका लागि भने पहिले नै टिकट लिनेहरुले ३५ सय येन,ढोकामा गई टिकट लिँनेहरुले ४ हजार येन तथा भिआईपी टिकट लिनेहरुले १० हजार येन शुल्क तिर्नुपर्ने छ ।