Nepali date


बुधबार, फाल्गुन १४, २०७६

एनआरएनए जापानलाई भूमिगत सैलिमा बदनाम गराउने गिरोहलाई कानुनी कार्वाही गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए) जापानलाई भूमिगत सैलिमा बदनाम गराउने गिरोहलाई कानुनी कार्वाही गर्ने बदनाम गर्ने भएको छ ।

बदनाम नियतले भैरहेका अराजक गतिबिधीहरुका विरुद्द एनआरएनए जापानले कानुनी उपाचार खोज्ने भएको हो ।

केहि दिन यता जापानका नेपालीहरु लक्षित सामाजिक संजाल समूहरुमा एनआरएनए जापान जस्तै देखिने लेटरहेडमा भ्रमपूर्ण सामग्रीहरु सेयर गरिएका थिए । रंग र गैरआवासीय शब्द तथा लोगो पनि लगभग मिल्ने प्रकृतीको भएकाले झट्ट हेर्दा एनआरएनए जापानको मर्यादा माथी प्रहार भएको आँकलन गर्न सकिन्थ्यो ।  त्यहि गतिविधिलाई लछित गरि एनआरएनए जापानद्वारा जारी विज्ञप्तीमा त्यस्ता  गतिविधिहरुको घोर भर्त्सना गर्दै संलग्नहरु माथी कानुनी कारबाहीको लागि प्रकृया अगाडी बढाएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो  ।

साथै  यस्ता किसिमका भ्रमहरुमा नपर्न सम्पूर्ण नेपालीहरुमा गैरआवासीय नेपाली संघ जापानले विज्ञप्तीमा आग्रह गरेको छ ।

 विज्ञप्तीबाट

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: