बिहिबार, बैशाख ०६, २०८१

सोनाम ल्होछार २८५६औं टोक्योमा साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

जापान । नेपाल तामाङ समाज जापान केन्द्रीय कार्य समितिको आयोजनामा सोनाम ल्होछार २८५६औं जीवा ल्हो (मुसा वर्ग) साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
आईतबार फेब्रुअरी २ तारिखका दिन नेरिमा बुंखा सेन्टरमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बुको प्रमुख आतिथ्यमा “विविध साँस्कृतिक कार्यक्रम”भव्य रुपमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको प्रमुख अतिथि एवं आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष लिम्बुले तामाङ जातिको मौलिक बाजा डम्फू बजाएर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । नेपाल अहिंसावादी बौंद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रीय अध्यक्ष एवं विशेष अतिथि खेन्पो पेमा सम्बाले बौंद्ध धर्मनुसार मोलम तथा पुजापाठ र संक्षिप्त धार्मिक प्रवचन दिनु भएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी,एनआरएनए जापानका उपाध्यक्ष अनिता गुरुङ, जनजाति महासंघ जापानका संस्थापक अध्यक्ष एवं जिएमइका अध्यक्ष ओम गुरुङ,एनआरएनएका सल्लाहकार एवं नेपाल तामाङ समाज जापानका सल्लाहकार हवलचन्द्र लामा,भेटघाट नेपाली रेष्टुरेण्टका प्रोप्राईटर ददिवल खड्का,नेपाल तामाङ समाज जापानका पूर्वअध्यक्ष कर्म वाङ्गेल लामा लगायतका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुले बक्ताको क्रममा सोनाम ल्होछारको शुभकामना आदानप्रदान ,ल्होछारको महत्व र नेपाल तामाङ समाज जापानले खेल्नुपर्ने भूमिका,गरेका गतिविधिका सवालमा आ९ आफ्नो तरिकाले मन्तव्य प्रकट गरेका थिए।
औपचारिक कार्यक्रमको पहिलो सत्र समापन पश्चात नेपाल तामाङ समाज जापानका केन्द्रीय सचिव सजिना मोक्तान,समाजका प्रतिनिधिहरु विनोद स्याङतान,ललिता तामाङले विविध सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको सिलसिलाबद्ध तरिकाले संचालन गरेका थिए । सेलोका वरिष्ठ गायक प्रेम लोप्चनले जब मञ्चमा चढेर आफ्नो प्रस्तुतिहरु आसन सर्दो मन पर्दो,स्याउ स्याउ नाना,कोदोको ढिंडो जस्ता चर्चित गितहरु राख्दा मञ्चमा र नेरिमा बुंखा सेन्टर भित्र सहभागिहरु भव्यताकासाथ दिल खोलेर सँग सँगै नाँचेका थिए ।
त्यस्तैगरी जापानमा रहेका कलाकारहरु कर्म दोङ,आरके स्याङतान,टासी लामा,भ्वाइस अफ नेपालका प्रतियोगी कुमार गुरुङ”काले” र स्थानिय कलाकारहरुले विभिन्न गितमा नृत्य गर्दा कार्यक्रमको माहोल संगितमय बनेको थियो ।

उक्त साँस्कृतिक कार्यक्रम तामाङ समाज जापानका केन्द्रीय अध्यक्ष रुविना तामाङको सभाअध्यक्षतामा औपचारिक कार्यक्रमको समाज जापानका महासचिव बलराम लामाले कार्यक्रमको संचालन र समाजका केन्द्रीय सदस्य धनेन्द्र तामाङले अतिथि समस्त महानुभावहरुमा स्वागत मन्तव्य व्यक्त गरि सम्पन्न भएको थियो ।