शुक्रबार, बैशाख ०७, २०८१

सोनाम ल्होसारको तयारी अन्तिम चरणमा,सेलो गायक लोप्चन जापान आउने

टोकियो । नेपाल तामाङ समाज जापानको आयोजनामा २८५६औं जिवा सोनाम ल्होसार साँझ धमकेदार बनाउन तयारी अन्तिम चरणमा पुगेको छ ।

समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष सोनाम ल्होछार कार्यक्रम मनाउदै आइरहेको छ ।

यस वर्ष पनी भव्य साँस्कृतिक कार्यक्रम सहित टोकियो स्थित नेरीमा कल्चर हलमा मनाउने ल्होछारको विशेष तयारी अन्तिम रुपमा चलिरहेको तामाङ समाजका महासचिव बलराम लामाले जनाकारी दिनुभयो । कार्यक्रममा नेपालबाट आमन्त्रित बरिष्ठ सेलो गायक प्रेम लोप्चनको साथमा जापानमै सेलो संगीतमा चर्चा कमाएका कर्म दोङ तामाङ, राजिव गोले, आरके स्याङ्तानको साथै भ्वाइस अफ नेपालका प्रतियोगी काले गुरुङ लगायत डेढ दर्जन गायक तथा गायिकाहरुको बेजोड प्रस्तुति रहने समाजका कोषाध्यक्ष गीरबहादुर तामाङले जानकारी दिनुभयो।

स्थापना कालदेखि नै नेपाल तामाङ समाज जापानले तामाङहरुको मौलिक संस्कृति परम्परालाइ जिवन्त राख्न हरेक वर्ष ल्होछार र डम्फु साँझ जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रमसहित मनाउदै आइरहेको छ । यसैलाई निरन्तरता दिँदै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत,परिमार्जित र जिवन्त राख्न आफ्नो ल्होसार साँझको तयारी गरिरहेको समाजका अध्यक्ष रुबिना तामाङले जानकारी दिनुभयो ।

आयोजक संस्थाले जापानवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी वहिनिहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।