शुक्रबार, चैत १६, २०८०

अनेसास जापानलाई अनेसास बेस्ट च्याप्टर अवार्ड

जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट च्याटर पुरस्कार यो बर्ष अनेसास जापान च्याप्टरलाई प्रदान गरिने निर्णय गरिएको छ ।

नगद ५०० अमेरिकी डलरको सो पुरस्कारका लागि च्याटरहरुबाट प्राप्त जानकारीका आधारमा जापान च्याटरले सबैभन्दा बढी अंक पाएको हो । केन्द्रीय कार्यसमितिले दुई बर्षको च्याटरहरुले गरेका गतिविधि  तथा कार्यक्रमहरुको जानकारीका लागि आह्वान गरेको थियो।

अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

च्याटर अवार्ड यही जनवरी १०-१२ २०२० मा जापानमा हुने तेश्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनमा प्रदान गरिनेछ । डा. कुमार बस्नेतको कार्यकाल ( 2003-05 ) र प्रकाश माइलाको कार्यकाल ( 2011-13 ) मा पनि जापानले बेस्ट च्याप्टर अवार्ड प्राप्त गरेको थियो । यस पटकको अवार्ड दीप पाठकको कार्यकाल ( 2017-19 ) मा गरेको गतिबिधीलाई मुल्यान्कन गरेर दिइएको हो ।