बिहिबार, असार ११, २०८३

ब्लड बैक स्थापनाको लागि सॅखुवासभा समाज जापानबाट १ लाख सहयोग

जापान । पुर्वी पहाडी जिल्ला सॅखुवासभाको सदरमुकाम खाॅदबारीमा ब्लड बैक स्थापना लागी जापानबाट आर्थिक सहयोग गरेको छ ।
सॅखुवासभा समाज जापानबाट १ लाख १ हजार ५०० जापानिज येन सहयोग गरेको हो ।
जो कोही बिरामी भएर जिल्ला सदरमुकाम अस्पताल गइ उपचार गराउदा अथवा भैपरी घटना दुर्घटनाबाट इमर्जेन्सी उपचारको लागि जिल्ला अस्पताल पुर्याउदा रगतको अभावमा उपचार सम्भव नभए पछि लाखौको हेलिकप्टर चाटर्ड गरेर धरान विराटनगर अथवा काठमाण्डौ लैजानु पर्ने अवस्था थियो ।

विभिन्न सॅघसस्थाको आयोजनामा विभिन्न अवसरमा रक्तदान कार्यक्रम गरी ब्लड सॅकलन गरेर राख्न सकिन्छ र आवस्यक पर्दा तुरुन्तै रगत उपलब्ध भइ विरामीलाई रगतकै अभावमा मृत्यु हुनबाट बचाउन र हेलिकप्टर चाटर्डमा लाग्ने अत्यधिक खर्च समेत वचत गर्न गराउन सकिन्छ भन्ने उद्देस्यले सिर्जनशील सामुदायिक विकास केन्द्रको अगुवाइमा ब्लड बैक स्थापना गर्न लागी परेको जानकारी प्राप्त भयो।जस अनुसार हामी प्रवासमा हुनेले पनि केही सहयोग गर्न पर्छ भन्ने भावना जाग्यो।प्रवासमा हुने हामीबाट आर्थिक सॅकलन गरी सहयोग गर्न पाउदा सॅखुवासभा समाज जापान आफैमा गौरवान्तित भएको अध्यक्ष पेमानुरी शेर्पाले बताउनु भयो ।

सहयोगी दाताहरुको नाम विवरण यस प्रकार रहेको छ।
1. श्री कमल पाठक,खाॅदाबारी नपा-११ पाठक गाॅउ हाल काठमाण्डौ-३५ जापानिज येन ११,०००।-
2.श्री ध्रुव कुमार थापा,खाॅदबारी नपा- १० चन्दनपुर सिरिसे जापानिज येन १०,०००।-
3.श्री चुडामणि काफ्ले,भद्रपुर -४ झापा जापानिज येन १०,०००¥
4.स्व. बुवा नगेन्द्र प्रसाद दाहाल तथा स्व.आमा चन्द्र कुमारी राईको स्मृतिमा श्री नबिन दाहाल,पाॅचखपन नपा-२ स्याबुन जापानिज येन १०,०००।-
5.श्री याम बहादुर कार्की, धर्मदेवी नपा -९ पुपाङ्गु जापानिज येन १०,०००।-
6.स्व. बुबा कुइसाङ शेर्पा तथा स्व. आमाको स्मृतिमा श्री पेमानुरी शेर्पा, पाॅचखपन नपा-९ तेर्से जापानिज येन १०,०००।-
7.श्री कमल बहादुर मास्की मगर/ श्रीमती मॅगली मास्की मगर ,धर्मदेवी नपा- ३ कुन्ताङ (छोरी सॅगिता मास्की मगर मार्फत)जापानिज येन १०,०००।-
8.श्री रिन्जी शेर्पा/श्रीमती टासीलमु शेर्पा ,चिचिला गापा- १ कुवापानी (छोरी किप्पा शेर्पा मार्फत)जापानिज येन १०,०००।-
9.श्री साङ्गे तेम्बा शेर्पा , मकालु गापा -३ एकुवा जापानिज येन १०,०००।-
10.तेन्जिङ नुर्बु शेर्पा, मकालु गापा-५ नुर्बुगाॅउ जापानिज येन ३०००।-
11.श्री सुशान्त भट्टराई,मादी नपा-६ मादी राम्बेनी जापानिज येन २,०००।-
12.श्रीमती शर्मिला लामा, थाक्रे गापा -२ गुम्बा धादिङ् जापानिज येन २,०००।-
13.श्री विमल कार्की,ओखलढुङ्गा जापानिज येन १,५००¥
14.श्री सुवासप्रसाद लोहनी,विराटनगर मनपा -५ विराटनगर जापानिज येन १,०००¥
15.श्री सिद्दराज कठायत,खप्तड छन्ना गापा-२ बझाङ जापानिज येन १,०००।-
16.श्री हरि गेलाल,रुपाकोट मझुवागढी- ७ खोटाङ् जापानिज येन १,०००।-


जम्मा १ लाख १ हजार ५०० जापानिज येन