बिहिबार, असार ११, २०८३

तमु धीँ जापानको अध्यक्ष पदमा सौगात गुरुङ निर्वाचित

टोकियो । जापानमा पुरानो संस्थाको रूपमा स्थापित हुदै आएको तमु धिं जापानको १८ औं अधिवेशन टोक्योमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिबेशनबाट अध्यक्ष पदमा सौगात गुरुङ निर्वाचित हुनु भएको हो ।
डिसेम्बर ८ मा आइतबार सिन्जुकु स्थित गोल्ड मंकि पार्टी प्यालेसमा सम्पन्न भएको तमु धी जापानको अधिबेसनले सहमतिमा अध्यक्ष चयन गर्ने निर्णय गरेको तर अध्यक्ष प्रत्यासीहरू बिच सहमती हुन नसक्दा प्रकृया केही समय लम्बिएको थियो ।
केहि दिनको अथक प्रयासपछि पनि उमेद्वारी बिचमा सहमति हुन् नसक्दा चुनाबी प्रकृयामा गइ तमु धिं जापानले २ बर्षे कार्यकालको लागि नयाँ अध्यक्ष पदमा सौगातलाई चयन गरेको हो । अध्यक्ष पदमा हिमाली गुरुङ,सौगात गुरुङ र युक्तमान गुरुङको उमेद्वारी परेको थियो ।

अधिबेशनलाई सफल बनाउन तमु धिं जापानले वरिष्ठ सल्लाहकार अजिव (ओम) गुरुङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन मण्डल गठन गरेको थियो निर्बाचन मण्डलको सदस्यहरुमा श्री गुरुङ, हर्क गुरुङ, खड्ग सिंह गुरुङ, ओम प्रकाश गुरुङ रहनु भएको थियो।

लामो समय देखी समाजमा सकृय रही तमु धि जापानलाइ योगदान दिदै आएको सौगात गुरुङ चितवन निबासी हुन । तमु धिं जापानको अध्यक्ष पदमा चयन भए पश्चात सबैलाई समेटेर संस्थाको स्तर उन्नति गर्ने, आर्थिक रुपमा सस्थालाई सबल, सक्षम र सांगठानिक रुपले दरिलो साथै बिगतका कमि कमजोरीहरुलाई सच्याउदै पारदर्शी र परिस्कृत गर्दै अगाडी बढाउने बनाउनु भयो ।
अध्यक्ष चयन संगै अन्य पदाधिकारीमा सहमति गर्ने र निर्बाचित नयाँ कार्य समितिको सपथग्रहण तमु ल्होसार कार्यक्रममा हुने भएको छ ।