शुक्रबार, चैत १६, २०८०

तामाङ समाज जापानको सातौं महाधिबेशन सम्पन्न,रूबिना तामाङ अध्यक्षमा चयन

टोकियो । नेपाल तामाङ समाज जापान केंद्रीय समितिको सातौं महाधिबेशन सम्पन्न भएको छ ।

तामाङ समाज जापान केन्द्रीय समिति एनपिओ होउजिनको सातौं अधिवेशन डिसेम्बरको २९ तारिख आईतबारका दिन टोकियोमा सम्पन्न भएको थियो  ।

महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा रूबिना तामाङ चुनिनु भएकी छिन् ।  समाजले संस्थाको अगामी नेतृत्व हवल चन्द्र लामाको संयोजकत्वमा कर्म वाङगेल लामा र कुमार लामा वाइबासहितको ३ सदस्यीय निर्बाचन समितिले नयाँ नेतृत्वको लागि सर्वसहमति चयन गरेको छ ।

साथै आगामी २०२०-२०२२ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष हिमाल तामाङ,चार उपाध्यक्षमा रत्न तामाङ,हरिचन्द्र तामाङ,आधिराज तामाङ,अनिता तामाङ,महासचिवमा  बलराम तामाङ,३ सचिवमा विनोद तामाङ,सजिना मोक्तान ,तेज तामाङ,कोषाध्यक्षमा गिर बहादुर तामाङ,सहकोषाध्यक्षमा स्मृति मोक्तान, चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ललिता तामाङ,दोर्जे तामाङ,धनेन्द्र बहादुर तामाङ,करसङ तामाङ,चन्द्र तामाङ, देवेन्द्र तामाङ,शुस्मा तामाङ चयन भएका छन् ।

नेपाल सरकारका पूर्व खेलकुद मन्त्री,संघीय सांसद् तथा नेपाल तामाङ घेदुङको सल्लाहकार हितबहादुर तामाङको प्रमुख आतिथ्यातामा कुमार मोक्तानको अध्यक्षतामा सम्पन्न भएको तियो ।