शुक्रबार, असार १२, २०८३

माघे संक्रान्ति विशेष २४औं लाङघाली साँझ जनवरी १९ मा गर्ने

टोकियो । नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले माघे संक्रान्ति विशेष ‘२४ औं लाङघाली साँझ २०२०’ को आयोजना गर्ने भएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर मगर संघ क्षेत्रीय समिति कान्तोले जनवरी १९ तारिखका आइतबारका दिन माघे संक्रान्ति विशेष ‘२४ औं लाङघाली साँझ २०२०’ आयोजना गर्ने भएको हो ।

उक्त विशेष सांस्कृतिक कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने संघका अध्यक्ष रित रानाले जानकारी दिनुभयो ।कार्यक्रममा गायिका मैना मगर, गायक तथा मोडल रमेश बाबु थापा मगर, लोकदोहोरी गायक चेतन घर्तीमगर, भ्वाईस अफ नेपाल २ का प्रतियोगी कुमार गुरुङ (काले भाई) तथा स्थानीय कलाकारहरुको प्रस्तृती रहने भएको छ । जापानमा रहेका नेपालीहरुबीच शुभकामना आदानप्रदान गर्ने र भाइचारा वृद्धि गर्ने र प्रवासी भूमीमा रहेर मगर जातिको भाषा, कला, भेष, भुषा र सँस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जनाएको छ । उक्त कार्यक्रममा उपस्थित भईदिन जापानबासी नेपालीहरुलाई नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्तोले अनुरोध गरेको छ ।

यस अघि मगर संघ क्षेत्रीय समिति कान्तोले जनवरी १ तारिख गर्ने भनेको यस कार्यक्रम साँझ ६ बजेदेखि साढे ९ बजेसम्म इकेमुकुरोमा हुनेछ ।